मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी

टक्सार (भोजपुर) । भोजपुर नगरपालिका-७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३-० सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।
खेलको पहिलो, दोस्रो र तेस्रोे सेट लगातार २५-२१, २५-१९ र २५-१५ अङ्कको फरकमा गण्डकी प्रदेशले बागमतीलाई पराजित गरेको हो । आजै हुने दोस्रो सेमिफाइल खेल सुदूरपश्चिम र कोशी प्रदेशकाबीचमा हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ ।
बिहीबारसम्म सञ्चालन हुने प्रतियोगिताका लागि कोशी प्रदेश सरकारअन्तर्गत प्रदेश खेलकुद विकास बोर्डले रु २० लाख सहयोग गरेको छ । प्रतियोगितमा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता छ ।
प्रतियोगितामा प्रथम हुनेले रु ३ लाख, दोस्रोले रु १ लाख ७५ हजार, तेस्रोले रु ८० हजार र चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच विधामा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई नगद रु १० हजारका दरले पुरस्कार प्रदान गरिने छ । रासस