नेपाल तामाङ घेदुङ गैँडाकोटको अध्यक्षमा ललित वाइबा तामाङ चयन  

२०८१ चैत २१ शुक्रबार १७:४१:०० मा प्रकाशित

गैँडाकोट । नेपाल तामाङ घेदुङ गैँडाकोट नगर समितिको १८ औँ नगर सभा तथा ५ औँ नगर अधिबेशनले ललित वाइबा तामाङको अध्यक्षमा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा धनबहादुर घिसिङ, महिला उपाध्यक्षमा बेदकुमारी घिसिङ, सचिवमा दुर्गे स्याङ्तान, कोषाध्यक्ष मधुकर स्याङ्तान, सहसचिवमा निरा तामाङ, सदस्यहरुमामा बाबुराम स्याङ्तान, मिनबहादुर वाइबा, सानुमाया बल, शर्मिला तामाङ, राजु शेर्पा निर्वीरोध निर्वाचित हुनुभएको निर्वतान सचिव बाबुराम स्याङ्तानले जानकारी दिनुभयो । 


यसअघि नेपाल तामाङ घेदुङ गैँडाकोट नगर समितिको १८ औँ नगर सभामा कोषाध्यक्ष ललित वाइबाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रगति प्रतिवेदन सचिव बाबुराम स्याङ्तानले प्रस्तुत गर्नुभएको थियो । 
नेपाल तामाङ घेदुङ गण्डकी प्रदेश अध्यक्ष रामबहादुर तामाङले तामाङ जातिको पहिचान र धर्म भाषा संस्कृति संरक्षणको आवश्यकता रहेको बताउदै यसलाई जोगाउन सबै जुटेर अगाडी बढ्नुपर्ने बताउनुभयो । 


नेपाल तामाङ घेदुङ गैँडाकोट नगर समितिका अध्यक्ष ज्ञान बहादुर वाइबा तामाङले छरिएर रहेका तामाङ समुदाय एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउँदै संगठनमा आबद्ध हुन आग्रह गर्नुभयो । 


नेपाल तामाङ घेदुङ नवलपुर अध्यक्ष बाबुलाल लुम्बा, जिल्ला सचिव रुद्रबहादुर तामाङ लगायतका पदाधिकारी र समितिका व्यक्तिहरुले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । 


औपचारिक कार्यक्रमको सञ्चालन फुल बहादुर योञ्जनले गर्नुभएको थियो भने ब्रज बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।