चितवनको  गीतानगरमा आँखा शिविर, ५ सय ७५ जना लाभान्वित

२०८१ चैत २१ शुक्रबार १७:०३:०० मा प्रकाशित

चितवन ।  भरतपुर-६ गीतानगरमा एक दिने आँखा शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रम सोसाइटी गीतानगर र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा भएको निशुल्क आँखा  शिविरमा ५७५ जनाले आँखा परीक्षण गरेका छन्। परीक्षणका क्रममा ३४ जनालाई मोतिया बिन्दुको अप्रेसनका लागि भरतपुर आँखा अस्पताल रेफर गरिएको गीतानगर सभापति कुमार राउतले जानकारी दिनुभयो ।


उहँका अनुसार २०० भन्दा बढिलाई सहुलियत दरमा चस्मा वितरण समेत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं.६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठले रेडक्रसले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै आवश्यक सहयोगको लागि वडा कार्यालय साथमा रहने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा स्थानिय ज्येष्ठ नागरिक, वौद्धिक व्यक्ति लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका सचिव रोशन सोतीले सञ्चालन र नारायणप्रसाद कोइरालाले शिविरको संयोजन गर्नुभएको थियो  ।