भरतपुर र खैरहनीमा सवारी दुर्घटनाः तीन जना घाइते

चितवन । चितवनको भरतपुरमा आज दिउँसो बलेरो र मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् ।दिउँसो १ः१५ बजेको समयमा भरतपुर-१२ बसपार्क चोकस्थित लु २ च ६४२३ नम्बरको बलेरोले ज ११ प ६६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा मोटरसाइकल सवार बारा घर भइ हाल भरतपुर-११ जागृतीचोक बस्ने ३३ वर्षकी मिरा जैशवाल र सोही स्थानका १६ वर्षकी आरती कुमारी शाह घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, खैरहनीमा स्कारपियो र साइकल ठोक्किदा एक जना घाइते भएका छन् ।
खैरहनी नगरपालिका वडा नम्बर ६ डिजनी पार्टी प्यालेस अगाडि भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा ७ च ९३४६ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा साइकल चालक खैरहनी नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ६५ को केसराम शर्मा भुसाल घाइते भएका छन् । उनको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । स्कारपियो भने प्रहरीले नियन्त्रणमा लिएको छ ।