चितवनमा बस अनियन्त्रित भइ रुखमा ठोकिँदा १२ जना घाइते

२०८१ चैत २१ शुक्रबार १६:२८:०० मा प्रकाशित

चितवन । चितवनको भरतपुरबाट माडीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई रुखमा ठोकिँदा  १२ जना घाइते भएका छन् । शुक्रबार दिउँसो माडी नगरपालिका १ बनकट्टातर्फ जाँदै गरेको ना ६ ख ९३६६ नम्बरको बस आफै अनियन्त्रित भएर रुखमा ठोकिदा १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


घाइतेहरूको माडीस्थित बघौडा अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।