नेपाल शिक्षक महासंघ नवलपुरको पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न 

२०८१ चैत १७ सोमबार १३:५१:०० मा प्रकाशित

नवलपुर । नेपाल शिक्षक महासंघ जिल्ला समिति नवलपुरको पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति उपाध्यक्ष रामप्रसाद पोख्रेलले हामी शिक्षकहरु कुनै पनि राजनीतिक दलकापछि नलागी एक जुट भएर हाम्रा माग र शिक्षा ऐन ल्याउने गरी अगाडी बढ्नुपर्ने कुरामा जोड दिनुभयो । हामीले राजनीतिक दलहरुका कुराको पछाडी लाग्दा धेरै दुःख पायौं उपाध्यक्ष पोख्रेलले भन्नुभयो । सरकारसँग भएका सम्झौता कार्यान्वयन र शिक्षा ऐन ल्याउन चैत्र २० गतेबाट हुने काठमाण्डौं केन्द्रित आन्दोलन नै एकमात्र विकल्प रहेकाले हामी शिक्षक एकजुट भएर अगाडी बढ्नुपर्ने  कुरामा उपाध्यक्ष पोख्रेलले जोड दिनुभयो । 


नेपाल शिक्षक महासंघका घटक संस्थाहरुको सहमतीमा नेपाल शिक्षक महासंघको जिल्ला समिति सर्वसम्मत रुपमा गठन भएको हो । जिल्ला समितिको अध्यक्षमा चन्द्रदेव तिवारी, सह अध्यक्षमा कृष्णचन्द्र गिरी, उपाध्यक्षमा हिमालदेव पंगेनी ,महिला उपाध्यक्षमा रामकुमारी मर्दनिया, सचिवमा गिरीराज गिरी, सहसचिवमा जनकराज पोख्रेल (संस्थागत), सहसचिव संस्थागतमा दधिराम सापकोटा, सहसचिव अर्थमा चोकबहादुर पाइजा, महिला सहसचिव कोपिला आचार्य, सदस्यहरुमा अर्जुन पौडेल, शर्मिला रानाभाट, मनप्रसाद रानाभाट, गेसबहादुर राना, राम तिवारी, टंक पौडेल, हरिकला पाण्डे, दीपक अर्याल, चेतमाया गाहा, साधना गाहा, भिमकुमार श्रीपाली, कुलप्रसाद पौडेल, चन्द्रकला कार्की र धनबहादुर ज्ञावली सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय उपमहासचिव नारायण अर्याल, नेपाल शिक्षक संघ संघीय समिति सदस्य चेतनाथ अधिकारी, अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेश अध्यक्ष रामप्रसाद गौतम, नेपाल शिक्षक संघ गण्डकी प्रदेश उपाध्यक्ष बिष्णु रिजाल, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश उपाध्यक्ष बलराम रानाभाट लगायतले नेपाल शिक्षक महासंघको जारी आन्दोलनलाई सफल पार्नका लागि सम्पूर्णमा आग्रह गर्दै नव निर्वाचित जिल्ला समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सचिव तथा निर्वाचन सहजीकरण संयोजक केशव रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।