न्यायिक समितिद्धारा गैंडाकोट १२ र १३ का  वडाबासीहरुलाई न्यायिक सचेतना प्रदान 

२०८१ चैत ६ बिहीबार १९:१५:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट नगरपालिकाको न्यायिक समितिको आयोजनामा आज गैंडाकोट वडा नम्बर १२ र १३ वडामा संयुक्त रुपमा न्यायिक सचेतना प्रदान गरिएको छ । गैँडाकोट वडा नम्बर १२ मा  न्यायिक सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका अधिवक्ता न्यायिक सहजकर्ता खिलनाथ घिमिरे र न्यायिक समिती सचिवालयको कर्मचारी तारा उपाध्यायले गैंडाकोट वडा नम्बर १२ र १३ का टोलबासीहरु एबम् महिला समुहका अध्यक्ष एवम् प्रतिनिधीहरुलाई न्यायिक समितीको क्षेत्राधिकार, मुलुकी तथा देवानी सम्बन्धी र मेलमिलापको अवधारणा र प्रक्रियाकाको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा न्यायिक समिति सदस्य एबम् जनप्रतिनिधि द्रोण वन सन्यासीले समाजमा कानुनी साक्षरता नागरिकमा प्रदान गर्ने हुनाले पनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कानुनी कुराको बारेमा सबेलाई जानकारी हुनुपर्ने र सबैलाई सक्षम र जानकारी गराउने दायित्व सम्झेर यस सचेतना कार्यक्रम गरेको बताउनुभयो । 

गैँडाकोट वडा नम्बर १२ का वडाध्यक्ष चक्रपाणी कँडेलले न्यायिक सचेतना कार्यक्रम उत्कृष्ट रहेको बताउनुभयो । उहाँले गाउँघरमा भइरहेका कुरा र मेलमिलापका बारेमा जानकारी र कानुनी कुरा सिकाउदा सहज हुने बताउनुभयो । 

गैँडाकोट वडा नम्बर १३ का वडाध्यक्ष मधुकर मल्लले यस कार्यक्रमबाट समाजमा हुने साना तिना झै झगडा, समस्याहरुलाई समाजमा नै कसरी निराकरण गर्न सकिन्छ र कानुनी व्यवस्था के कस्ता रहेका छन् भन्ने विषयमा नागरिकले जानकारी प्राप्त गर्ने हुँदा राम्रो रहेको बताउनुभयो ।

न्यायीक समिति सदस्य गीता पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा न्यायिक समिती सचिवालयको कर्मचारी तारा उपाध्यायले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर १२ र १३ को टोल विकास संस्था, जनप्रतिनिधी, मेलमिलापकर्ता लगायतको उपस्थिती रहेको थियो ।

गैंडाकोट वडा नम्बर १० र ११ मा भोलि न्यायिक सचेतना कार्यक्रम हुने न्यायिक समिती सचिवालयको कर्मचारी तारा उपाध्यायले जानकारी दिनुभएको छ । साथै गैंडाकोट नगरपालिकाका १८ वटै वडामा न्यायिक सचेतना कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो ।