लायन्स क्लब अफ गैँडाकोटले दमारमा शुक्रबार बृहत निःशुल्क आँखा शिविर गर्दै 

२०८१ चैत ६ बिहीबार १९:१२:०० मा प्रकाशित


नवलपरासी पूर्व । लायन्स क्लब अफ गैँडाकोटले शुक्रबार गँैडाकोट १८ मा बृहत निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । गैँडाकोट १८ दमार वडा कार्यालय परिसरमा हुने निःशुल्क आँखा शिविरमा चश्मा तथा औषधि पनि निःशुल्क गरिएको एरिया नम्बर ६ का क्लष्टर चिफ देशबन्धु सिग्देलले बताउनुभयो । सिग्देलका अनुसार आँखा परिक्षणका क्रममा कोही कसैको मोतियाबिन्दुको समस्या भेटिएको खण्डमा निःशुल्क शल्यक्रियाको पनि व्यवस्था क्लबले मिलाउने छ ।

बृहत निःशुल्क आँखा शिविर विहान ११ बजेबाट सुरु हुनेछ । लायन्स क्लब अफ गैँडाकोटले विभिन्न सामाजिक लोककल्याणकारी कार्य गर्दै आइरहेको छ । जनस्वास्थ्यको क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको लायन्स क्लब अफ गँैडाकोटका अध्यक्ष यदुनाथ सापकोटाले बताउनुभयो । लायन्स क्लब अफ गँैडाकोटले यस अघि मधुमेह रोगका लागि स्वास्थ्य शिविर राखेको थियो ।