विजय एफएमको सहायक स्टेशन म्यानेजरमा अशेष पन्थी नियुक्त

२०८१ चैत २ आइतबार १२:०८:०० मा प्रकाशित

नवलपरासी पूर्व । दुई दशकदेखि सकारात्मक सामाजिक रुपान्तरणमा क्रियाशील सामुदायिक रेडियो विजय एफएम १०१।६ को सहायक स्टेशन म्यानेजर पदमा अशेष पन्थी नियुक्त हुनुभएको छ ।

समाजशास्त्रमा स्नात्तकोत्तर गर्नुभएका पन्थीसँग लामोसमय नेपाली सेनामा सूचना तथा सञ्चारको क्षेत्रमा काम गरेको अनुभव छ ।

माटोले माग्दैन, आफैले दिनुपर्दछ नेपाली सेनाको कार्यक्रमको टिममा बसेर समेत काम गरेको अनुभव उहाँसँग रहेको छ  । पन्थीले आफ्ना अनुभवलाई सामाजिक क्षेत्रमा लगानी गर्नका लागि मिडियाको क्षेत्रमा प्रवेश गरेको बताउनुभएको छ ।