एक्स बक्सिङ संघ मकाउद्वारा खेल सामाग्री सहयोग 

२०८१ फाल्गुण २६ सोमबार १२:११:०० मा प्रकाशित

नवलपुर । मकाउ राष्ट्रमा रहेका नेपाल बक्सिङका पुर्ब खेलाडीहरुको समूह एक्स बक्सिङ संघ मकाउले नवलपुर जिल्ला बक्सिङ संघलाई विविध खेल सामाग्री सहयोग गरेको छ । नवलपुर जिल्लामा रहि बक्सिङ खेल र खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अगाडी बढाउन सहयोग पु¥याउने हेतुले नवलपुर जिल्ला बक्सिङ संघलाई संस्थाले गैंडाकोट कबर्डहलको सभाहलमा उक्त सामाग्री हस्तान्तरण गरेको हो ।


हालसम्म नवलपुर जिल्ला बक्सिङ संघले जिल्लाबाट धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरीसकेकोमा बक्सिङ खेल कार्यक्रम अन्तर्गत धेरै  स्कुलहरुमा बक्सिङ प्रशिक्षण गराइसकेको छ ।

नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीलाई नियमित अभ्यासका निमित्त हाल उपलब्ध भएको सामाग्रीले ठुलो टेवा पुग्ने नवलपुर जिल्ला बक्सिङ संघका कार्यवाहक अध्यक्ष दल बहादुर रानाले बताउनुभयो । 


पूर्व बक्सिङ संघ मकाउका संयोजक तेज बहादुर चन्द ,उपसंयोजक राजन डङ्गोल, उद्दव कुवर, निम रेउले, बिकास नेपाली, सुवास मगर, राजेन्द्र धामी, टिकाराम भण्डारी, लक्ष्मी इजामको समुहले १ थान लेदर पंचिङ्ग ब्याग, ६ जोडी बक्सिङ ग्लोब्स, १ थान हेड गार्ड, १ थान हेन्ड प्याड गरी गैंडाकोट खेलकुद समितिका उपाध्यक्ष रमेश तिवारी र कोषाध्यक्ष गजेन्द्र वनको उपस्थितिमा जिल्ला बक्सिङ संघका कार्यवाहक अध्यक्ष दलबहादुर रानालाई हस्तान्तरण गरिएको थियो ।