नेपाल टेलिकमले माग्यो ६९ कर्मचारी 

२०८१ फाल्गुण ९ शुक्रबार १५:५७:०० मा प्रकाशित

काठमाण्डौ । नेपाल टेलिकमले विभिन्न पदमा ६९ कर्मचारी मागेको छ। टेलिकमले शुक्रबार बिहान सूचना जारी गरी खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

उप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म ६९ कर्मचारी आवश्यक परेको टेलिकमले जनाएको छ। इच्छुक योग्य नागरिकले वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

आवेदन फागुन २९ गतेसम्म दिन सकिने सूचनामा उल्लेख छ। दोब्बर दस्तुर तिरेर भने चैत ७ गतेसम्म दरखास्त दिन सकिने टेलिकमले जनाएको छ।