गैँडाकोटमा ३ हजार ४ सय २४ जना किशोरीले लगाए एचपिभि खोप 

२०८१ फाल्गुण ९ शुक्रबार १६:२२:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोटमा ३ हजार ४ सय २४ जना किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपिभि खोप)  लगाएका छन् ।  विद्यालय बाहिरका २७ सहित गैँडाकोटमा ३ हजार ४ सय २४ जना अर्थात शत प्रतिशत किशोरीले एचपिभि खोप लगाएको गैँडाकोटका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले जानकारी दिनुभयो । 


माघ २२ गतेदेखि सुरु भएर माघ २८ गतेसम्म खोप कार्यक्रम सञ्चालन भएको थियो जसमा कक्षा ६ का ६ सय ८२ जना र कक्षा ७ देखि १० सम्मका २ हजार ७ सय १५ जनाले खोप लगाएको गैँडाकोटका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले जानकारी दिनुभयो । 


छुट भएकालाई यहि फागुन ५ गते पनि खोप लगाइएको गैँडाकोटका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले जानकारी दिनुभयो । गैँडाकोट २, ३, ४, ५, ६, ७, १८ लगायतका वडामा विद्यालय बाहिरका २७ जना किशोरीले खोप लगाएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।