गैंडाकोटमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

गैंडाकोट । प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसमा आयोजित वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल मगर संघ नगर समिति गैंडाकोटको आयोजना तथा रमिता सारु मगर स्मृति प्रतिष्ठान नेपाल र लाफा आमा समूह गैंडाकोटको सहकार्यमा गैंडाकोटस्थित लखनचोकमा सञ्चालन गरिएको स्वास्थ्य सल्लाहकार चेतवहादुर सारु मगरले बताउनुभयो ।
विशेषज्ञ एवम् प्राविधिक सहयोग पुष्पाञ्जली हस्पिटल प्रा.लि.भरतपुर रहेको शिविरमा फिजिसियन डा.भोजराज अधिकारी, डा.रिकेश सापकोटा, स्त्री तथा प्रसुति रोग विशषज्ञ डा.रामप्रसाद सापकोटा, डा.रमा घिमिरे र डेन्टलतर्फ डा.विवेक घिमिरेको विशेषज्ञ टोलीहरुबाट स्वास्थ्य परिक्षण गरिएको उक्त शिविरमा क्रमश फिजिसियन १३७,स्त्री तथा प्रसुति प्रजनन १६७, दन्त ५७, नशा ६७, भिडियो ए क्सरे १०९, फोक्सो जाँच ९७, इसिजि ७५ र सुगर टेस्ट ३५० जना महिला पुरुष गरि जम्मा ९९८ जनाले स्वास्थ्य सेवाको लाभ लिएको पुष्पाञ्जिली हस्पिटलका सामाजिक सेवा इकाइ प्रमुख केदार प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
यसैगरी सो शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सेवाग्राहीलाई निशुल्क औषधी समेत उपल्ब्ध गराइएको संस्थाका अध्यक्ष दुर्गाबहादुर पुन मगरले जानकारी दिनुभयो । शिविरमा सुगर परीक्षण, मुटु सम्बन्धी जाँच, नशा सम्बन्धी जाँच,फोक्सो सम्बन्धी जाँच, पाठेघरको मुखको क्यान्सर परीक्षणका साथै भिडियो एक्सरेको सेवाहरु उपलव्ध रहेको थियो ।