अक्सफोर्ड कलेजमा रक्तदान - १४६ युनिट रगत संकलन

२०८१ फाल्गुण २ शुक्रबार १२:२४:०० मा प्रकाशित

गैँडाकोट । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) गैँडाकोटको २५ औँ बार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आयोजना गरिएको रक्तदानमा १४६ जनाले रक्तदान गरेका छन् ।

 

कलेज परिसरमा आयोजना भएको रक्तदानमा १०१ जना पुरुष र ४५ जना महिलाहरुले रक्तदान गरेको कलेजका प्राचार्य फ्रोफेसर डाक्टर हरि भण्डारीले जानकारी दिनुभयो । कलेजका प्राचार्य भण्डारीले रक्तदान गर्ने विद्यार्थीहरुलाई ब्लड ब्याग दिएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

 

रजज जयन्तीको अवसरमा कलेजले माघ महिनादेखि विभिन्न रचनात्मक क्रियाकलापहरु गर्दै आएको छ । हालसम्म अन्तर स्कुल बास्केटवल प्रतियोगिता, अन्तरस्कुल कल्चरल प्रतियोगिता, अन्तरस्कुल कुलीनरी कृयशन प्रतिस्पर्धा र अन्तरस्कुल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भैसकेका छन् ।