सारिका फाउण्डेसन नेपालद्धारा बुलीङ्टार गाउँपालिकालाई डेथ बडी फ्रिजर बक्स प्रदान

सारिका फाउण्डेसन नेपालले बुलीङ्टार गाउँपालिकालाई डेथ बडी फ्रिजर बक्स प्रदान गरेको छ । बुलिङ्टार गाउँपालिकामा ५२ जना रातो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् उनीहरुलाई सारिका फाउण्डेसन फाउण्डेसनले सिरक र खाजा वितरण गरेको छ ।
गैँडाकोट, भेडावारी, रजहरमा कपडा बैङ्क स्थापना रहेको छ त्यहा जम्मा भएका कपडाहरु पनि बुलिङ्टारका स्थानीय बासिन्दालाई वितरण गरिएको अध्यक्ष बिक्रम ठकुरीले जानकारी दिनुभयो । बुलिङ्टार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरले मानवीय सेवासँग सम्बन्धित कार्यक्रम गरेर डेथ बडी फ्रिजर बक्स प्रदान गरेकोमा धन्यबाद दिदैँ आगामी दिनमा पनि समन्वय गरेर काम गर्ने बताउनुभयो ।
अध्यक्ष बिक्रम ठकुरीले मानव सेवा अभियानलाई निरन्तरता दिदैँ आएको र कोहि कसैको केही नहुनेका लागि कालिका फाउण्डेसन नेपालले सक्दो सहयोग गरेर अगाडी बढ्ने बताउनुभयो । २० देखि ३० दिनसम्म शव फ्रिजर गरेर राख्न सकिने हुनाले विपन्न र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिन पनि आग्रह गर्नुभयो ।
उपाध्यक्ष दिलमाया राना, प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र भुषाल, जनप्रतिनिधिहरु, फाउण्डेसन नेपाल सचिव देवेन्द्र कोइराला, कार्यक्रम संयोजक रञ्जु आचार्य लगायतको उपस्थिती रहेको थियो ।
बुलिङ्टार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक श्रेष्ठले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।