नवराज कंडेलको संयोजकत्वमा एमाले नगरले गठन गर्यो ७१ सदस्यीय सल्लाहकार परिषद

गैंडाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गैंडाकोट नगर कमिटीको तेस्रो विस्तारित बैठकबाट मङ्गलबार नवराज कंडेलको संयोजकत्वमा ७१ सदस्यीय सल्लाहकार परिषद गठन भएको छ ।
परिषदको उपाध्यक्षमा पूर्णप्रसाद पौडेल, सचिवमा वेदप्रसाद चालिसे लगायत ७१ सदस्य सल्लाहकार परिषद गठन भएको हो ।
विभागिय जिम्मेवारी अन्र्तगत खेलकुद विभागमा विनोद कंडेल, युवा संघ इन्चार्जमा रमेश ढकाल, सह–इन्चार्जमा सुमन गैरे, अनेरास्ववियुको इन्चार्जमा लक्ष्मण कँडेल, सह–इन्चार्जमा अनिल ढकालले जिम्मेवारी पाउनुभएको छ । साथै आज भएको विस्तारित बैठकबाट बिभिन्न जन– वर्गीय संगठनको जिम्मेवारी तोकिएको नेकपा एमाले गैंडाकोट नगर कमिटीका अध्यक्ष कृष्ण कँडेलले जानकारी दिनुभयो ।
आजको बैठकले ८ जना नयाँ नगर सदस्यलाई सचिवालयको जिम्मेवारी दिएर १३ सदस्यीय सचिवालय समिति बनाएको पनि उहाँले बताउनुभयो । सोही अवसरमा नगर सचिवालय सदस्य समेत थप गर्दै नगर समितिलाई समेत पूर्णता दिइएको छ । आज नै १५ जना नयाँ सदस्यलाई नगर कमिटिले मनोनयन गरेर ८१ जनाको नगर कमिटि निर्माण गरेको छ ।
पार्टीका करिब १ सय जनाले आज नयाँ जिम्मेवारी पाएको र वडा, टोल हुँदै समुदाय लक्षित रहेर काम गर्दै अगाडी बढ्ने र संगठनलाई अझै दरिलो र बलियो बनाउने नगर अध्यक्ष कँडेलको भनाई छ ।
सो बैठकको प्रमुख अतिथि पूर्व सांसद, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तिलक महत रहनुभएको थियो । उहाँले नेकपा एमाले राष्ट्रको पहिलो र अपरिहार्य शक्ति बनेर अगाडी बढेको बताउनुभएको छ । अहिले दिगो सरकार बनाएर अगाडी बढेको बताउनुभयो । साथै जनताका लागि नै काम गर्दै अगाडी बढेको र यसैलाई निरन्तरता दिने पनि उहाँको भनाई छ ।
बैठकमा क्षेत्र नम्बर १ का इन्चार्ज रविन्द्र अधिकारी, केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर २ का इन्चार्ज कृष्ण पौडेल, प्रदेश कमिटी सदस्य छत्रराज पौडेल, गोपेन्द्र केशरी न्यौपाने, एमाले जिल्ला उपाध्यक्ष यमुनाथ आचार्य, जिल्ला उपसचिव षडानन्द लामिछाने लगायत पार्र्टीका प्रदेश जिल्ला तथा नगर कमिटिका कार्यकर्ताहरू र भातृ संगठन प्रमुख तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
गैंडाकोट नगर कमिटीले गरेको नगर तेस्रो विस्तारित बैठकको नगर सचिव राजु भुसालले सञ्चालन गर्नुभएको थियो भने नगर कमिटि अध्यक्ष कृष्ण कँडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।