गैंडाकोटमा एक व्यक्ति मृत अवस्थामा फेला

गैंडाकोट । गैंडाकोटको विजय चोकमा आज बिहान करिब ८ बजेको समयमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । विद्युत ट्रान्सर्फमर मुनि अचेत अवस्थामा रहेका उनलाई स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा आएर बिहानै प्रहरीले मुचुल्का उठाई पोस्टमाटमको लागि शव भरतपुर सरकारी अस्पतालमा पठाएकोे थियो ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक कमला नरालका अनुसार अनुसन्धानमा निजको खल्तीबाट कागजको सानो पोकामा गाँजा, चुरोट पाइएको र निजको शरीरमा जलनको घाउ देखिएकाले करेन्ट लागेर मृत्यु भएको हुन सक्ने आशंका छ । घटनाको थप अनुसन्धान भैरहेको छ भने शवकोे अझै पनि पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक नरालले जानकारी दिनुभयो ।