सहिद दिवसको अवसरमा गैंडाकोट खेलकुद समितिद्वारा सहिदहरुको सम्झना
गैंडाकोट खेलकुद समितिले सहिद दिवसको अवसरमा एक कार्यक्रम गरि मनाएको छ । वीर सहिदहरुको सम्झनामा समितिको सम्पुर्ण खेलाडी, प्रशिक्षक, रेफ्री हरुको उपस्थितिमा कार्यक्रम गरि मनाएको हो । कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष लक्ष्मण कार्की एवम् सहजीकरण समिति सचिव प्रकास पौडेलले गर्नु भएको थियो।
सोहि अवसरमा तेक्वान्दो पुर्व खेलाडी एवम् प्रशिक्षक नारायण घले लाइ जापानको बैदेशिक यात्राको लागी समिति बाट विदाइ गरिएको गैंडाकोट खेलकुद समितिका अध्यक्ष अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो।
साथै समितिको पुर्व फुटबल खेलाडि हाल स्विट्जरल्याण्ड निवासी मोहन सापकोटा र अस्ट्रेलिया निवासि पुर्व फुटबल खेलाडि राजु सापकोटालाइ समिति स्वातगतको साथाई उहाँहरुबाट समिति लाइ फुटबल प्रशिक्षणको लागी खेल सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो।