विकूद्वारा बुधबार १७ सय सदस्यलाई वित्तिय साक्षरता प्रदान
नवलपरासी पूर्व । विकू बचत तथा ऋण सहकारी संस्थाले बुधबार सदस्य शिक्षा शिविर तथा विस्तारित मञ्च कार्यक्रम गरेको छ । विकूले बुधबारको शिक्षा शिविर मार्फत १७ सय सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गरेको हो ।
संस्थाका ८ वटा सेवा केन्द्रका १७ सय सदस्यहरुलाई शिक्षा शिविर मार्फत् वित्तिय सचेतना, विकूका वित्तिय तथा गैरवित्तीय सेवाहरुको बारेमा जानकारी गराइएको विकू सहकारीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
संस्थाका बारेमा, सहकारीका बारेमा, सहकारी सिद्धान्त र प्रक्रियाका बारेमा सदस्यहरू जानकार हुनुपर्ने भन्दै शिक्षा शिविर चलाइएको शिक्षा उपसमिति संयोजक लक्ष्मी गौतमले बताउनुभयो ।
बुधबार चोरमारा सेवा केन्द्र, अरुणखोला सेवा केन्द्र, कोल्हुवा सेवा केन्द्र, हर्कपुर सेवा केन्द्र, नवजागरण सेवा केन्द्र, केन्द्रीय सेवा केन्द्र, शिलन्यास सेवा केन्द्र, पूजा सेवा केन्द्रका सदस्यहरूलाई वित्तिय सचेतना प्रदान गरिएको छ ।
बिहीबार नवलुम्बिनी सेवा केन्द्र, हिमकिरण सेवा केन्द्र, जनकल्याण सेवा केन्द्र, प्रगतिनगर सेवा केन्द्र, केन्द्रीय सेवा केन्द्र, दियालो सेवा केन्द्र, शरदगौरी सेवा केन्द्र, स्वागत सेवा केन्द्रमा सदस्य शिक्षा शिविर तथा विस्तारित मञ्च कार्यक्रम हुने विकूले जनाएको छ । विकूमा १ लाख २२ हजार ६ सय ३९ जना शेयर सदस्य रहेका छन् ।