भरतपुर महानगरमा फोहर मैला व्यवस्थापन सेवा शुल्क कति ?

२०८१ माघ १६ बुधबार १३:४७:०० मा प्रकाशित

गैंडाकोट । भरतपुर महानगरपालिकाले फोहर मैला व्यवस्थापन सेवा शुल्क निर्धारण गरेको छ । घर, पसल, होटल, डिपार्टमेन्ट, तरकारी तथा फलफूल मण्डि लगायतका शिर्षकमा फोहरमैला ब्यवस्थापनको फरक(फरक शुल्क निर्धारण गरेको छ । महानगरको कार्यपालिका बैठकले फोहर उत्पादनका आधारमा मूल्य निर्धाण गरेको हो ।

सबैभन्दा धेरै अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि शुल्क निर्धारण गरिएको छ । चितवनको भरतपुर अस्पताल, दुई मेडिकल कलेजलाई सरसफाई शुल्क मासिक रु ५५ हजार तोकिएको छ । त्यस्तै २ सय शैया सम्मका अस्पताललाई २५ हजार,सय शैया सम्मका अस्पताललाई १८ हजार र ५० शैया सम्मका अस्पतालाई १५ हजार रुपैंया सेवा शुल्क तोकिएको वातावरण शाखा प्रमुख सुरजराज पौडेलले जानकारी दिनुभयो । महानगरले फोहर मैला व्यवस्थापन ऐन २०६८ को दफा ४ ९२० अनुसार अस्पतालजन्य फोहर प्रशोधन र व्यवस्थापन गर्ने दायित्व सम्बन्धित अस्पतालको हुने जनाएको छ ।

 

यस्तै महानगरपालिकाले सिजी मलको २५ हजार,भाटभटेनीको १५ हजार मासिक शुल्क तोकेको छ । यस्तै जिल्लाका स्तरिय होटलहरुको सरसफाई व्यवस्थापन शुल्क ३ हजार ५ सय देखि ७ हजारसम्म निर्धारण गरिएको छ ।

उद्योगहरुको २ हजारदेखि ४ हजार, विद्यालय, सरकारी कार्यालयको पाँच सय,तालिम केन्द्र व्यारेक ३ हजार तोकिएको छ । यस्तै माछामासु पसलको ५ सयदेखि २ हजार ७ सयसम्म, किराना पसल ३ देखि ४ सय तोकिएको पौडेलले बताउनुभयो ।

 

महानगरपालिकाले प्रति प्लाट १ सय ६० रुपैंयासम्म सरसफाई शुल्क तोकेको छ । यस्तै फेन्सी पसल, कपडा, हार्डवयर, मेसिनरी, जुत्ता चप्पल, एग्रोभेट, बैंक, कलेज सहकारी, मोबाइल पसलको रु १ सय ६० रुपैंया शुल्क तोकेको छ । तर हप्तामा एक दिन फोहर संकलन हुने क्षेत्रमा ५० रुपैंया निर्धारण गरिएको महानगरपालिकाले जनाएको छ ।

 

भरतपुर महानगरपालिकामा दैनिक ८० टर्नको हाराहारीमा फोहर उत्पादन हुने गरेको छ । सो फोहर महानगरले आँपटारीमा रहेको जलदेवी सामुदायिक वन र पश्चिम चितवनको ध्रुबमा व्यवस्थापन गर्दै आइरहेको छ ।

file image