इलेक्ट्रिक ह्विलचेयर पाएपछि  कृष्ण मख्ख

२०८१ माघ ९ बुधबार १६:३७:०० मा प्रकाशित


गैडाकोटका । अपाङ्ग संघ गैडाकोटका अध्यक्ष कृष्ण सुवेदीले इलेक्ट्रिक ह्विलचेयर प्राप्त गर्नुभएको छ । बुधबार गैंडाकोट नगरपालिकाको परिसरमा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सुवेदीलाई चाबी हस्तान्तरण गरेर ह्विलचेएर प्रदान गर्नुभएको हो ।

ह्विलचेएर प्रदान गर्दै नगरप्रमुख अधिकारीले ह्विलचेएर उद्यमशील कृष्णका लागि सुहाउँदो बनेको र दैनिक जीवन सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । 

इलेक्ट्रिक ह्विलचेयर प्राप्त गरेपछि कृष्ण सुवेदीको अनुहारमा खुसी प्रष्ट देखिन्थ्यो । आफ्नौ दैनिक जीवनलाई सहज बनाउने सबैलाई उहाँले धन्यवाद दिनुभयो र भन्नुभयो “अब मेरो दैनिकी अझै सहज हुनेछ, मेरो व्यपारमा सहजता मिल्नेछ ।”

नगर प्रमुख अधिकारीले अहिलेलाई यो एउटा मात्र ह्विलचेएर प्रदान गरिएको र  यसको नतिजा कस्तो आउँछ त्यस पछि जो जसलाई आवश्यकता पर्छ उनीहरुलाई पनि प्रदान गरिने बताउनुभएको छ ।

यो इलेक्ट्रिक ह्विलचेयर नारायणी बहुप्राविधिक शिक्षालय भरतपुरमा  इन्फिनिटी ल्याब मार्फत इन्जिनियर सुनिल परियार लगायतको टिमले बनाएको हो । अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता अनुसारको इलेक्ट्रिक ह्विलचेयर इन्फिनिटी ल्याबले बनाउँदै आएको छ ।