गैँडाकोट नगरपालिकाको चालु आ.ब.को हाल सम्म ३८.५३ प्रतिशत वित्तीय प्रगति
गैँडाकोट । गैँडाकोट नगरपालिकाको चालु आर्थिक बर्ष २०८१-०८२ मा विनियोजित बजेट मध्ये हाल सम्म ३८.५३ प्रतिशत वित्तीय प्रगति रहेको छ ।
चालु तर्फ ६७ करोड ६५ लाख ३१ हजार विनियोजन भएकोमा हाल सम्म ३८.५३ प्रतिशत वित्तीय प्रगति रहेको हो भने पुँजीगत तर्फ ३६ करोड ६२ लाख २५ हजार विनियोजन भएकोमा १६.३८ प्रतिशत वित्तीय प्रगति भएको १६ औँ नगरसभामा अर्धबार्षिक प्रगति तथा वजेट बक्तव्य प्रस्तुत गर्दै नगर उपप्रमुख शान्ति कोइरालाले बताउनुभयो ।
चालु आर्थिक बर्ष २०८१÷०८२ को कूल वजेट १ अर्व ४ करोड २७ लाख ५६ हजार रुपैया अनुमान रहेको छ । हालसम्म आन्तरिक राजश्च तर्फ २६ करोड १९ लाख २६ हजार प्रक्षेपण गरिएकोमा हालसम्म १० करोड ९५ लाख ७५ हजार अर्थात ४१.८३ प्रतिशत मात्र संकलन भएको जानकारी उपप्रमुख कोइरालाले दिनुभयो ।
त्यसै गरी संघीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड अन्तर्गत १३ करोड ७६ लाख ९९ हजार आय अनुमान गरिएकोमा हालसम्म नगरपालिकामा ५ करोड ४५ लाख २८ हजार अर्थात् ३९.५९ प्रतिशत मात्र प्राप्त भएको छ भने प्रदेश सरकारबाट प्राप्त हुने सवारीसाधन कर तर्फ २ करोड ११ लाख ६४ हजार आय अनुमान गरिएकोमा हालसम्म ५८ लाख ८८ हजार अर्थात २७.८२ प्रतिशत मात्र प्राप्त भएको जानकारी दिनुभयो । यसै गरी आन्तरिक आय अनुमान मध्ये घर जग्गा रजिष्ट्रेशन दस्तुर तर्फ ५ करोड ८० लाख अनुमान गरिएकोमा हाल सम्म १ करोड १ लाख ५७ हजार अर्थात १७.५१ प्रतिशत मात्र प्राप्त भएको उपप्रमुख कोइरालाले बताउनुभयो ।
आन्तरिक श्रोतको दीगो व्यवस्थापन र नयाँ क्षेत्रहरुको पहिचान तथा विस्तारका लागि संभावित क्षेत्रहरुका विज्ञ समूहबाट अध्ययन गराई संघ तथा प्रदेश सरकारसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने समेत उपप्रमुख कोइरालाले बताउनुभएको छ । सवै क्षेत्रमा समन्वयात्मक भूमिका निर्वाह गर्दै उत्पादन मुलुक क्षेत्रमा बजेट वृद्धि गरी रोजगारी श्रृजना हुने किसिमका योजनाहरु मार्फत समृद्द गैंडाकोट निर्माण कार्यमा प्रयत्न जारी रहेको उहाँको भनाई छ ।