नागरिक सेवा केन्द्रले के काम गर्दछ ?
नवलपरासी पूर्व । गैँडाकोट नगरपालिकाले आफ्नो सेवालाई चुस्त बनाउन नागरिक सेवा केन्द्रको सुरुवात गरेको छ । मंगलबार गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नागरिक सेवा केन्द्रको समुद्घाटन गर्नुभएको छ । यस सेवा केन्द्रले जनताको सेवा लिने प्रक्रियालाई सहज र सरल बनाउने गँैडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभएको छ । यसले तत्काल घर नक्सा अभिलेखिकरण, घर नक्सा व्यवस्थित गर्न नक्साङ्कन गर्ने, सेवाग्राह्रीलाई भवन संहिताअनुसारको मापदण्ड अनुसारको सहजीकरण तथा अभिमुखीकरण गर्न मद्दत पु¥याउने खनालले विजय एफएमलाई बताउनुभयो ।
यस केन्द्रले सेवा प्रवाह थालेपछि विचौलियाका कारण सेवाग्राहीले दुःख पाउने कुराको अन्त्य हुने खनालले बताउनुभएको छ । अहिले केन्द्रले भौतिक उपस्थितिमा सेवा दिने र आगामी दिनमा डिजिटलाइजेसन गर्ने योजना नगरपालिकाको रहेको छ ।