गैँडाकोट आधारभूत अस्पतालमा अब इमर्जेन्सी सेवा

२०८१ माघ १ मंगलबार १९:००:०० मा प्रकाशित


नलपरासीपूर्व । माघे संक्रान्तिका दिन देखि गैँडाकोट आधारभूत अस्पतालले सेवा दिन सुरु गरेको छ । मंगलबार गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीको स्वास्थ्य परीक्षण गरेसँगै अस्पताले आफ्नो सेवाको शुभारम्भ गरेको छ । गैँडाकोट स्वास्थ्यचौकीको स्तरोन्नती गर्दै अस्पतालको सेवा सुरु गरिएको हो ।


गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले पाँच शैयाको अस्पतालको समुद्घाटन गर्दै गुणस्तरीय र प्रभावकारी सेवाप्रवाहमा नगरपालिका योजनागत रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । गैँडाकोट आधारभूत अस्पतालबाट रिफर भएका बिरामिले चितवन मेडिकल कलेजमा विभिन्न प्रकृतिका छुट पाउने नगर प्रमुख अधिकारीले बताउनुभयो ।  


वि.सं. २०५४ सालमा गँैडाकोट उपस्वास्थ्य चौकीको स्थापना भएको थियो । वि.सं. २०७० सालमा उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तर उन्नती गरिएको थियो । २०८० फागुन २२ गतेको कार्यपालिका बैठकले आधारभूत अस्पतालमा स्तर उन्नती गर्ने निर्णय बमोजिम गँैडाकोट स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालमा स्तरोन्नती गरिएको हो । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले जनताको जन जिविका सँग जोडिएको स्वास्थ्य क्षेत्रको सुधारका लागि स्थानीय सरकारले अस्पतालको स्तरोन्नतीको काम अघि बढाएको बताउनुभएको छ ।


आधारभूत अस्पताले अब चिकित्सकको उपस्थितिमा आकस्मिक र ओपिडी सेवा प्रदान गर्ने गैँडाकोट आधारभूत अस्पतालका व्यवस्थापन समिति अध्यक्ष रत्नप्रसाद सापकोटाले बताउनुभएको छ । अस्पताल स्तरोन्नती गर्दा करिब १ करोड बजेट खर्च भएको सापकोटाले बताउनुभयो । 


३० मिनेटको दुरीमाजनताहरु स्वास्थ्यसेवाको पहुँचमा रहनुपर्ने भएकाले गैँडाकोट आधारभूत अस्पताललाई व्यवस्थितगर्ने योजना नगरपालिकाको रहेको छ । नजिकमा रहेका आधारभूत स्वास्थ्य इकाइहरुलाई मर्ज गरि विशिष्टिकृत स्वास्थ्य सेवाप्रदानगर्ने योजना मा नगरपालिका अघि बढेको छ । गैँडाकोट आधारभूत अस्पतालमा २८ जना स्वास्थ्यकर्मी राखेर नगरले अस्पताल सञ्चालन अघि बढाएको छ । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले आधारभूत अस्पतालले विमा सेवाकार्यक्रम सञ्चालनका लागि प्रक्रिया अघि बढाइरहेको बताउनुभएको छ । 


गँैडाकोट आधारभूत अस्पतालमा इसिजि, इमर्जेन्सी सेवा, ओपिडी सेवा, एक्सरे सेवालगायतका सेवा थप भएका छन् । गँैडाकोट आधारभूत अस्पतालमा यस अघि स्वास्थ्यचौकी रहँदै गर्दा पनि  २४ सै घण्टा सुत्केरी सेवा र १० हप्तासम्मको इच्छा नभएको गर्भलाई पूर्ण गोपनीयताका साथ निःशुल्क सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउँदै आएको छ । 


नगर उप–प्रमुख शान्ति कोइरालाले सबै नगरवासिलाइ सहज पहुँच पु¥याउनका लागि अस्पताल र नागरिक सचेतना केन्द्र शुभाम्भ गरिएको बताउनुभयो । सम्पूर्ण वडाध्यक्षहरुको प्रतिनिधित्व गर्दै गैंडाकोट वडा नम्बर १४ का वडा अध्यक्ष कोकिसरा राना मगरले साविक गैंडाकोटवासिलाइ सहज हुने हुनाले यसलाई प्राथमिकता दिएर काम गरेको बताउनुभयो । 


गैंडाकोट नगरपालिकाका पुर्व नगरप्रमुख छत्रराज पौडेलले पितौजिलाइ प्रादेशिक अस्पताल बनाउनका लागि आफुले सहकार्य गर्न, सहयोग गर्न तयार रहेको बताउनुभयो । 


निवर्तमान उपप्रमुख बिष्णुकुमारी कंडेलले २४ सै घन्टा सेवा उपलब्ध हुँदा सहज हुने र बृद्धावस्थाका नागरिक, बालबालिका र महिला सबैलाई सहज हुने बिश्वास व्यक्त गर्नुभयो । 


समाजसेवी चन्द्र कुमार श्रेष्ठ, रेशम माया श्रेष्ठले अस्पताललाई १ लाख २५ हजार बराबरको आकस्मिक कक्षमा ३ बेड, ¥याक र अन्य सामग्री सहयोग गर्नुभएको छ । रोटरी क्लब गैंडाकोटले अस्पतालमा आवश्यक ५ बेड जुन १ लाख ५ हजार बराबरको सहयोग गरेको छ । यस्तै स्व.राम बहादुर श्रेष्ठको स्मृतिमा  श्रीमती बिष्णुमाया श्रेष्ठ, छोरा चितकुमार श्रेष्ठ र बुहारी मिना श्रेष्ठको तर्फबाट अस्पतालमा १ लाख, गैंडाकोट इङ्लिस स्कूलले ६० हजार बराबरको अस्पतालमा आवश्यक सामग्री खरिदमा सहयोग गरेका छन् ।  नगर तहका पार्टीका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष कुमारी रेखा पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सदस्य एंव जनक नमुना माविका प्रधानाध्यापक चुडामणि शर्मा कँडेलले सहजिकरण गर्नुभएको थियो ।