सेवा सुरु गरेको अवसरमा भरतपुरको नेशनल सिटि हस्पिटलमा ५० प्रतिशत छुट ।
नेशनल सिटि हस्पिटल प्रा.लि भरतपुरले नयाँ भवनबाट सेवा सुरु गरेको अवसरमा ५० प्रतिशत छुट दिने भएको छ । सेवाग्राहीको अनुरोधलाई ध्यानमा राख्दै चिकित्सक परामर्श सेवा, क्याविन बेड र अस्पतालको सेवामा ५० प्रतिशत छुट दिइने अस्पतालका व्यवस्थापक बिक्रम अधिकारीले बताउनुभएको छ । यस हस्पिटलले विभिन्न अवसरहरुमा निशुल्क स्वास्थ परिक्षण, स्वास्थ सम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको छ । विशेषज्ञ डाक्टरबाट हरेक दिन विभिन्न उपचार सेवा दिइदैं आएकोमा नेपाल सरकारले तोकेको सेवासर्त अनुसार उपाचार सेवा सञ्चालन गर्दै आएको व्यवस्थापक अधिकारीले बताउनुभएको छ ।