वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिममा आईरिस सिस्टम लागू हुने ।

२०८१ मङ्सिर ३० आइतबार २१:४४:०० मा प्रकाशित

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई दिइने अभिमुखीकरण तालिममा ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ सिष्टम लागु हुने भएको छ । विभागले आउँदो बुधवारपछि अभिमुखीकरण तालिममा यो प्रणाली लागु गर्ने भएको हो । वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व प्रस्थान अभिमुखीकरण तालिमका लागि हाल बायोमेट्रिक प्रणालीमार्फत हाजिरी गरिँदै आएको छ । बायोमेट्रिकका कारण अनियमितता बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आईरिस सिस्टम लागू गर्ने निर्णय गरेको थियो । विभागले यसअघि गत असोज २९ गतेदेखि आईरिस सिस्टम लागू गर्ने बताएको भएपनि ढिलाई भएको हो । विभागले आईरिस सिस्टमलाई राष्ट्रिय परिचयपत्रसँग जोडेको छ । जसले गर्दा हालसम्म हुँदै आएका अनियमितमा पूर्ण रोक लाग्ने विभागको अपेक्षा छ । हाल १४३ अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारलाई वैदेशिक रोजगारीमा उड्नु अगाडि अभिमुखीकरण तालिम दिने गरेका छन् ।