ने.रा.श माविको निशुल्क स्वास्थ्य शिविरबाट अभिभावक र विद्यार्थी लाभान्वित 

२०८१ मङ्सिर २९ शनिबार १५:१४:०० मा प्रकाशित

गैँडाकोट । श्री नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरबाट २ सय ८१ जना अभिभावक र विद्यार्थी लाभान्वित भएका छन् । 


ने.रा.श माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराईले पौष १६ गते रहेको विद्यालयको ५० औँ वार्षिकोत्सवलाई लक्षित गर्दै आज मंसिर २८ गतेबाट स्वास्थ्य शिविर कार्यक्रम गरी शुभारम्भ गरेको बताउनुभयो । प्रधानाध्यापक भट्टराईले आफूहरुले आयोजना गरिएको उक्त कार्यक्रममा खाना, औषधि लगायतको सहयोग गरेकोमा सहयोगी संस्थाहरूप्रति कृतज्ञता समेत ब्यक्त गर्नुभयो ।


गैंडाकोट १ स्थित नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा गरिएको कार्यक्रमलाई दुई चरणमा बाँडिएकोे थियो । पहिलो चरणमा स्वस्थ्य सम्बन्धी कार्यक्रम गरिएको थियो भने दोस्रो चरणमा अभिभावक भेला कार्यक्रम रहेको थियो।


ने.रा.शा माविको आयोजना तथा  कलेज अफ मेडिकल साइन्स, स्वास्थ्य व्यवसायी संघ गैंडाकोट नगर इकाई, लायन्स क्लब अफ चितवन न्यू भ्वाइस र टाइम फर्मासिटीकल्सको सहकार्यमा आज शुक्रबार ५० औं  वार्षिक उत्सव एबम् स्वण महोत्सव २०८१ को अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा अभिभावक भेला कार्यक्रम सम्पन्न गरेको छ । 


स्वास्थ्य व्यवसायी संघ गैंडाकोट नगर इकाइका अध्यक्ष इश्वरी प्रसाद घिमिरेले समुदाय स्तरमा गरेका स्वास्थ्यका गतिविधीहरुको प्रभावका कारणले स्वास्थ्य व्यवसायी संघ गैंडाकोट नगर इकाईलाई शिविरका लागी चाहिने सम्पूर्ण आवश्यक औषधीहरुको व्यवस्थापन र प्राविधिकको व्यवस्थापनका लागी पत्राचार पाएको र समुदायको अपनत्वका लागी चार दिनको अन्तरालमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु परिचालित गरी कक्षा १ देखि १० सम्मको विद्यार्थीहरु र अभिभावकहरुलाई शिविर सेवा प्रदान गरेको बताउनुभयो ।


स्वास्थ्य शिविर व्यवस्थापन उपसमिती संयोजक वेदप्रसाद गौडेलले विद्यालयले स्वास्थ्य सेवासम्बन्धि कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गर्नुका साथै सम्पूर्ण विद्यार्थी र अभिभावकहरुलाई स्वास्थ्य सेवा लिनका लागी अनुरोध गर्नुभयो ।  


कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डे, कार्यक्रम संयोजक वेद प्रसाद गौडेल, लाइन्स क्लब अफ चितवन न्यू भ्वाईसको अध्यक्ष सरिता श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य व्यवसायी संघ गैंडाकोट नगर इकाइका अध्यक्ष इश्वरी प्रसाद घिमिरेद्धारा प्रमुख अतिथीलाई औषधी वितरण गरिएको थियो । श्री नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितीका  अध्यक्ष कविराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा त्यसै विद्यालयकी शिक्षिका जुनादेवी पराजुलीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा गैंडाकोट १ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी, लाइन्स क्लब अफ चितवनका अध्यक्ष दिनानाथ न्यौपाने, पूर्व अध्यक्ष हरि प्रसाद सापकोटा, सोमनाथ गौडेल, चन्ददाता सिद्धकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । स्वास्थ्य शिविरमा आँखा, नाक कान घाँटी,दाँत, बाल रोग र जनरल मेडिसियनको सेवा रहेको थियो । बिहान ९ बजेदेखि साढे ४ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा १ सय ९४ जना महिला र पुरुष ८७ गरी जम्मा २ सय ८१ जनाले स्वास्थ्य सेवा लिनुभएको थियो । 


त्यसैगरी श्री नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयले दोस्रो चरणमा अभिभावक भेला कार्यक्रम गरेको थियो । कार्यक्रममा स्वर्ण महोत्सव समारोह २०८१ सफल बनाउनका लागी छलफल, २०८१ मंिसंर २८ देखि पौष १६ गतेसम्मका कार्यक्रमहरुको प्रस्तुती, कार्यक्रमका संयोजक , सहसंयोजक र सदस्यहरुको नामावली प्रकाशन र जिम्मेवारी बोध तथा कार्यको बाँडफाड गरिएको थियो । कार्यक्रममा ने.रा.श. माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराई, स्वास्थ्य व्यवसायी संघ गैंडाकोट नगर इकाइका अध्यक्ष इश्वरी प्रसाद घिमिरे, लाइन्स क्लब अफ चितवन न्यू भ्वाइसकको अध्यक्ष सरिता श्रेष्ठ, गैंडाकोट १ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी, विद्यालयका विद्यालय व्यवस्थापन समितीका  अध्यक्ष कविराज आचार्य, शिक्षक अभिभावक संघका संयोजक भगवान घिमिरे लगायतको उपस्थिती रहेको थियो ।  ने. रा.श. माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण राज भट्टराईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा त्यसै विद्यालयकी शिक्षिका जुनादेवी पराजुलीले सञ्चालन गर्नुभएका थियो ।