५ महिनामा भारततर्फ १३ अर्ब बराबरको बिजुली निर्यात ।

२०८१ पौष ६ शनिबार २०:२०:०० मा प्रकाशित

चालु आर्थिक वर्षको ५ महिनामा भारततर्फ १३ अर्ब ४ करोड रुपैयाँ बराबरको विद्युत निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी बचेको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत भारतलाई बेचेको हो । निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ । प्राधिकरणले विद्युत बिक्री गरी ८ अर्ब १५ करोड भारतीय रुपैयाँ (१३ अर्ब ४ करोड रुपैयाँ) आम्दानी गरेको छ ।