महोत्तरीको बर्दिबासमा फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा ।

२०८१ पौष ६ शनिबार २०:२५:०० मा प्रकाशित

मधेश प्रदेशमै पहिलो फोहरमैला प्रशोधन केन्द्र महोत्तरीको बर्दिबासमा सञ्चालनमा आएको छ । बर्दिबास नगरपालिका र हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाण्डौँको सहकार्यमा बर्दिबास–८ मा निर्मित फोहरमैला प्रशोधन केन्द्र हिजोदेखि सञ्चालन भएको हो ।
प्रारम्भिक लागत एक करोड २० लाख रुपैयाँको खर्चमा निर्मित केन्द्र मधेशकै पहिलो भएको केन्द्रका प्रबन्ध निर्देशक सुरेन्द्र साहको भनाइ छ । साझेदार कम्पनी हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाण्डौले २० वर्षको अवधि प्रशोधन केन्द्र सञ्चालनको सहमति नगरपालिकाबाट पाएको छ । यस अवधिमा फोहर सङ्कलन, व्यवस्थापन, प्रशोधनबाट हुने आम्दानीबाट १२ प्रतिशत नगरपालिकाले प्राप्त गर्ने सम्झौता छ । अहिले फोहर प्रशोधन गरेर खरानी बनाइने इन्सिनिटर मेसिनमात्र जडान छ ।