बाग्लुङ्ग गैँडाकोट सम्पर्क समाजको दोस्रो साधारण सभा सम्पन्न

२०८१ मङ्सिर २२ शनिबार १८:३४:०० मा प्रकाशित

गैँडाकोट । “हाम्रो अभियान बाग्लुङ्ग गैँडाकोट सम्पर्क समाजको पहिचान ” भन्ने अभिप्रायका साथ स्थापना भएको बाग्लुङ्ग गैँडाकोट सम्पर्क समाजको दोस्रो साधारण सभा आज सम्पन्न भएको छ । 

 

गैँडाकोट ४ स्थित गैँडाकोट पम्पिङ् स्किम खानेपानीको सभाहलमा भएको सो कार्यक्रममा बोल्दै बाग्लुङ्ग गैँडाकोट सम्पर्क समाजका अध्यक्ष कुलप्रसाद शर्मा गौतमले समाजबाट बिभिन्न सामाजिक कार्यहरु गर्दै अघि बढेको बताउनुभयो । उहाँले आगामि दिनहरुमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने र सदस्यहरुबिच भातृत्व र सहयोगका कार्यक्रम गर्दै अगाडी बढ्ने लक्ष्य रहेको बताउनुभयो ।


कार्यक्रममा संविधान सभाका सदस्य कृष्णप्रसाद पौडेलले बाग्लुङ्ग गैँडाकोट सम्पर्क समाजले अहिलेसम्म गरेका काम सफल र प्रंशसनिय रहेको भन्दै आगामि दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 

 

सचिवको प्रतिवेदन बाग्लुङ्ग गैँडाकोट सम्पर्क समाजका सचिव प्रकास जिशीले पेश गर्नुभएको थियो । कोषाध्यक्षको प्रतिवेदन पेश गर्दै बाग्लुङ्ग गैँडाकोट सम्पर्क समाजका कोषाध्यक्ष हिरा केसीले संस्थाले २०८०–८१ मा गरेको कुल आम्दानी ९ लाख १० हजार १ सय ५५, कुल खर्च १ लाख ७४ हजार ६ सय ५६ र संस्थाको कुल पूँजी ७ लाख ३५ हजार ४ सय ९९ रहेको बताउनुभयो ।

कार्यक्रममा गैँडाकोट पम्पिङ् स्किम खानेपानीका वर्तमान अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, जयश्री सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर कुमाल, गैँडाकोट नगरपालिका नगर कार्यपालिकाका सदस्य शान्त घर्ती, बाग्लुङ्ग गैँडाकोट सम्पर्क समाजका सल्लाहकार दुर्गादत्त पौडेल, हरी पौडेल, खड्क बहादुर केसी, रामु गौतम, कृष्ण सापकोटा, पदम बहादुर कुँवर, प्रेम सापकोटा, रेशम बहादुर कार्की, दुर्गा प्रसाद सापकोटा, रामकान्त गैरै, शशिधर कँडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा १५५ जना सदस्यहरुलाई आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ । बाग्लुङ्ग गैँडाकोट सम्पर्क समाजका सचिव प्रकास जिसीले सहजीकरण गर्नुभएको उक्त कार्यत्रममा बाग्लुङ्ग गैँडाकोट सम्पर्क समाजका उपाध्यक्ष जीतबहादुर कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।