शिवशत्ति दुग्ध उत्पादक साकोसको २५ औँ वार्षिक साधारण सभा सम्पन्न
गैँडाकोट । शिवशत्ति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम गैँडाकोट ७ स्थित सहयात्री नेपालको सभाहलमा सम्पन्न भएको हो । शिवशत्ति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिप्रसाद सापकोटाले दुग्ध उत्पादक सेयर सदस्यहरुलाई आगामी दिनहरुमा विभिन्न किसिमका सेवा सुविधाहरु उपलब्ध गराउने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा गैँडाकोट वडा नं. ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले संस्था सेवामैत्री र उपभोक्तामैत्री भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले कृषकका लागि उपलब्ध गराएका सुबिधाहरुलाई अझै बढाउदै अगाडी बढ्न समेत आग्रह गर्नुभएको छ ।
कार्यक्रममा प्रस्तावित वार्षिक प्रतिवेदन र कोषध्यक्षको प्रगति प्रतिवेदन पेश गर्दै शिवशत्ति दुग्ध उत्पादक सहकारी संस्थाका सचिव कविर गौतमले प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थाको शेयर पूँजी ३ लाख ७७ हजार ६ सय रहेको र आर्थिक वर्ष २०८०/०८१ मा संस्थाको खुद नाफा ५१ हजार ४ सय ९ रुपैया रहेको बताउनुभयो ।
कार्यक्रममा शिवशत्ति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका उपाध्यक्ष मोतिलाल ढुङ्गानाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव कविर गौतमले गर्नुभएको थियो ।
कार्यत्रमका विशिष्ट अतिथि शिवशत्ति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष नारायण पौडेल र चोलनाथ उपाध्याय, सहयात्री साकोसका अध्यक्ष भिम प्रसाद सापकोटा, नारायणी सामुदाकि वनका अध्यक्ष नेत्रराज सापकोटा लगाएतको उपस्थिती रहेको थियो ।