सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेन – प्रचण्ड ।
काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन नसकेको बताउनुभएको छ । काठमान्डौमा आयोजित एक सम्मेलनमा अध्यक्ष प्रचण्डले शिक्षालाई सरकारले उच्च प्राथमिकता दिने भनेको भए पनि व्यवहारतः लागू हुन नसकेको जिकिर गर्नुभयो । विकसित देशका लागि पनि पहिलो प्राथमिकता शिक्षामा सुधार नै रहेको उल्लेख गर्दै उहाँले देश, कालअनुसार परिमार्जन गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रचण्डले सङ्कटको परिस्थितिमा विद्यालयको पुनर्निर्माण, पुनस्र्थापना, अनलाइन कक्षाको सञ्चालन र विद्यार्थी सहायता कार्यक्रमहरूमा निजी क्षेत्रबाट हुने सहयोग र सहकार्य निकै महत्वपूर्ण हुने बताउनुभयो ।