नेपालको सबैभन्दा प्रदूषित सहर बन्यो चितवनको भरतपुर

२०८१ मङ्सिर १४ शुक्रबार ०५:५४:०० मा प्रकाशित


 (बिहीबार) चितवनको भरतपुर नेपालको सबैभन्दा प्रदूषित सहर बनेको छ । पछिल्लो २४ घण्टाको वायुको गुणस्तरको आधारमा भरतपुर नेपालको सबैभन्दा प्रदूषित सहर बनेको हो ।

बिहीबार भरतपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको वातावरण विभागले जनाएको छ । सोही अवधिमा काठमाडौं उपत्यकाका रत्नपार्क र खुमलटारमा पनि एक्यूआई क्रमशः १६४ र १५७ पुगेको छ ।

यी तीनै सहर अस्वस्थकरको वर्गमा परेका छन् । विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ ।