नेपाल प्रजातन्त्र सेनानी संघ नवलपुरको अध्यक्षमा ऋषिराम सापकोटा चयन

२०८१ कार्तिक २६ सोमबार १६:३५:०० मा प्रकाशित

नवलपुर नेपाल प्रजातन्त्र सेनानी संघ नवलपुरको जिल्ला अधिवेशन आइतबार कावासोतीमा सम्पन्न भएको नेपाल प्रजातन्त्र सेनानी संघलाई नयाँ ढंगले सञ्चालन गर्ने अभिप्रायका साथ नेपाली काँग्रेस केन्द्रीय समितिले निर्देशन गरे बमोजीम केन्द्र तथा सम्पूर्ण जिल्लाहरुमा तदर्थ समिति गठन गरि अधिवेशन सम्पन्न गर्ने प्रक्रिया अघि बढिरहेको यसै क्रममा नवलपुर जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिएको उक्त अधिवेशनले ऋषिराम सापकोटाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको साथै केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि जना प्रतिनिधि चयन गरको समितिको उपाध्यक्षमा रुद्रलाल कंडेल, सचिवमा चेतनाथ गौडेल चयन भएका छन्  

सदस्यहरूमा गैँडाकोटका हरिप्रसाद सापकोटा, थानेश्वर रिजाल, मिनबहादुर थापा, गोपालसिंह थापा, रामकुमार श्रेष्ठ, देवचुलीका देवनारायण बस्ताकोटी, कावासोतीका पिताम्बर सापकोटा, बुलिङटारका सूर्यशर्मा पाण्डे लगायतका २१ जना सदस्यहरु समितिमा रहेका छन् केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूमा गैँडाकोटका शालिकराम सापकोटा, प्रमोद न्यौपाने, पुष्पराज पौडेल, कावासोतीका दुर्गाबहादुर गुरुङ केशव कंडेल,  बौदीकालीका दुर्गाबहादुर राना, मध्यविन्दुका ओमकुमारी महत्तो रहनुभएको निर्वाचन समितिका संयोजक ओमप्रसाद सापकोटाले विजय एफएमलाई जानकारी दिएका छन्   निर्वाचित समिति तथा महाधिवेशन प्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन समितिका संयोजक सापकोटाले बताएका छन् कार्यक्रमको उद्घाटन सत्र तत्कालिन तदर्थ समितिका संयोजक ऋषिराम सापकोटाको अध्यक्षतामा भएको थियो  

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसीले छोटो अवधिमा हिम्मतका साथ तदर्थ समितिले जिल्ला अधिवेशन सम्पन्न गर्न सकेकोमा धन्यवाद ज्ञापन तथा आगामी दिनमा सहकार्य गर्दै संघ पार्टीले एकतावद्ध कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए  केन्द्रीय प्रतिनिधि प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य भरत भट्ट रहेका थिए केन्द्रीय सदस्यहरु हरिराज गौतम, चेतनारायण अधिकारी लक्ष्मी मैनाली समेतको उपस्थिति रहेको थियो कार्यक्रमको सहजीकरण सेनानी संघका सदस्य एवं निर्वाचन समितिका सदस्य खेमराज सापकोटाले गरेका थिए कार्यक्रमका अध्यक्ष ऋषिराम सापकोटाले निर्वाचन समिति तथा अधिवेशनमा उपस्थित सबेैलाई हार्दिक कृतज्ञता व्यक्त गरेका छन् २०४९ सालमा नेपाली काँग्रेसको भातृसंस्थाको रुपमा संघको गठन भएको थियो