कांग्रेस उपसभापति गुरुङ ठगी गरेको तथ्य भेटिए कारबाही हुने गृहमन्त्री लेखकको भनाई
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी गरेको तथ्य भेटिए कारबाही हुने बताउनुभएको छन् । मुस्ताङको कोराला नाकामा बनाइएको अध्यागमन भवनको उद्घाटन गरेर फर्किएपछि पोखरामा पत्रकारसँग गृहमन्त्री लेखकले उपसभापति गुरुङमाथि पनि अनुसन्धान हुने र यदी प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखिए कारबाही हुने बताउनुभयो । तथ्य, प्रमाणका आधारमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको छ। सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने उहाँले बताउनुभयो । सरकारले मुख हेरेर अनुसन्धान गर्ने नभई तथ्य र प्रमाण हेरेर अनुसन्धान तथा कारबाही गर्ने तथा जता जता तथ्य र प्रमाण जान्छ अनुसन्धान पनि त्यतै जाने उहाँले दोहो¥याउनुभयो । गृहमन्त्री लेखकले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर कारबाही गरेको हो भन्ने प्रश्नमा गृहमन्त्री लेखकले एक जना व्यक्तिलाई मात्र अनुसन्धानको दायरामा नल्याएको ल्याएको बताउनुभयो । सहकारी ठगीका विषयमा गठित संसदीय छानविन समितिले अनुसन्धान गरेर कारबाही सिफारिस गरेका सबै व्यक्ति अनुसन्धानको दायरामा आइसकेको उहाँको भनाइ छ । सरकारले सहकारी ठगी, अपचलन, हिनामिना र संगठित अपराधका दोषीलाई कारबाही गर्ने मात्र नभएर सहकारीको बचत फिर्ता गर्ने र सहकारीलाई सुधार्न पनि लागेको गृहमन्त्री लेखकले बताउनुभयो ।