भूजेल गाउँमा समाजसेवी खरेलको सहयोग
गैँडाकोट । गैँडाकोटकी समाजसेवी पार्वती कंडेल (खरेल) ले गैँडाकोट ३ का केही स्थानीयलाई दशैँको बेलामा सहयोग गर्नुभएको छ । भेडाबारी सामुदायिक वनको कार्यसमिति सदस्य एवं युवा समाजसेवी गैँडाकोट ११ की पार्वती कंडेल (खरेल) ले चाडपर्व सबैका लागि भएको बताउँदै विपन्न समुदायको चूल्हो बाल्नका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
वाइसियल संगठनको केन्द्रीय सदस्य समेत रहनुभएकी खरेलले गँैडाकोट ३ भूजेल गाउँमा रमेश भुजेलको घर परिवार वरपर पाँच घर परिवारलाई चामल, दाल, तेल, दशैँका लागि कपडा सहयोग गर्नुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा भेडाबारी सामुदायिक वनका अध्यक्ष क्याप्टेन विरबहादुर शाही र नन्दन सामुदायिक वनका पूर्व कार्यसमिति सदस्य माधव चालिसे लगायतको उपस्थिति रहेको थियो । दशैँको सन्मुखमा सहयोग पाउँदा परिवारमा खुसीयाली छाएको स्थानीय रमेश भूजेलले बताउनुभएको छ ।