सन्तान साथमा नहुँदा खुसी छैनन्, जेष्ठ नागरिकहरु

२०८१ असोज १५ मंगलबार १८:५२:०० मा प्रकाशित

गैँडाकोट । ज्येष्ठ नागरिक नगर संघले मंगलबार गैँडाकोटमा ज्येष्ठ नागरिक सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले ज्येष्ठ नागरिकका सबै मञ्चहरु एक भएर अघि बढ्न सुझाब दिनुभएको छ ।

संघले सम्मानित बुढ्यौली, विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतिको सबलीकरण नाराका साथ गरिएको कार्यक्रममा दशँै, तिहार, छठ र इद पर्वको शुभकामना साटासाट गरिएको थियो ।

कार्यक्रममा गैँडाकोट २ का जीतबहादुर श्रेष्ठ, गैँडाकोट १० का चन्द्रदत्त जैशी, गैँडाकोट ४ का नारायण पण्डित, गैँडाकोट ३ का टेकप्रसाद रिमाल, गैँडाकोट ९ का तेजेन्द्रप्रसाद सुवेदीलाई सम्मान गरिएको नगरसंघका सदस्य लिलाधर पोख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रममा गैँडाकोट उपप्रमुख शान्ति कोइराला, फुलुमाया पराजुली, कृष्णप्रसाद पराजुली, टोलनाथ घिमिरे लगायतले ज्येष्ठ नागरिकलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताउनुभएको छ । ज्येष्ठ नागरिक संघ गँैडाकोटका अध्यक्ष मुक्तिनाथ न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।