बाँध भत्काएर सुस्तामा पस्यो नारायणी

२०८१ असोज १३ आइतबार ०६:१४:०० मा प्रकाशित

नवलपुर । नवलपरासीको सुस्तामा नारायणीको बाढी पसेको छ । बिहान बर्षाको पानीको निकास नहुँदा जलमग्न भएको सुस्तामा राति बाँध नै भत्काएर वस्तीमा पसेको हो । 

बाढी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नवलपरासी प्रशासनले जनाएको छ ।

बाढी पसेको स्थानका नागरिकलाई सुस्तामा रहेको आपतकालीन आश्रय स्थलमा राखिएको छ । आपतकालीन आश्रयका लागि स्थानीय पालिकाले बनाएका दुईवटा भवनमा सार्ने काम भइरहेको छ ।

बाढी पसेको भए पनि मानवीय क्षति भने भएको छैन । जिल्लामा नारायणी नदी र खहरे खोलामा पानीको बहाव उच्च रहेको र तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले सजक रहन प्रशासनले आग्रह गरेको छ ।