गैंडाकोटका सबै विद्यालयहरुमा आज सार्वजनिक बिदा

२०८१ असोज १३ आइतबार ०५:५६:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट नगरपालिकाले आजआइतबार १ दिनका लागि गैंडाकोटका सबै विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ ।

सरकारले यही ११ गतेदेखि देशभर भएको अविरल वर्षाबाट देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जनाउँदै विश्वविद्यालय, परिषदलगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न स्थानीय सरकारलाई अनुरोध गर्ने निर्णय अनुसार गैंडाकोट नगरपालिकाले १३ गते आइतबार १ दिनका लागि गैंडाकोटमा विद्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।

गैंडाकोटका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले आइतबार १ दिनका लागि गैंडाकोटमा विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिनुभएको छ ।