नारायणी वनमा मतदान, ८६० मत खस्यो   

२०८१ भदौ २९ शनिबार १८:०६:०० मा प्रकाशित

गैँडाकोट । नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ६, ७ र ९ को पाँचौ नेतृत्व चयनका लागि आज मतदान भएको छ । बिहान ८ः१० मा शुरु भएको मतदान पानीले केही अवरोध गरेका कारण साझ अबेरसम्म चलेको थियो । निर्वाचनमा ८६० उपभोक्ताले मतदान गरेका छन् । नयाँ नेतृत्व चयनका लागि ११२८ मतदाता कायम गरिएकोमा ८६० जनाले मतदान गरेका हुन् । 

सर्वदलिय बैठकपछि आजै मतगणना कार्य अघि बढ्ने निर्वाचन समिति संयोजक नारायण पौडेलले जानकारी दिनुभयो ।

वनको नेतृत्वका लागि अध्यक्ष पदमा नेत्रराज सापकोटा (केदार) र उमाकुमारी पाण्डेको उम्मेदवारी परेको छ । यस्तै उपाध्यक्ष पदका लागि धनपति सापकोटा, मोतिलाल ढुङ्गाना र छबिलाल सापकोटाको उम्मेदवारी छ ।

सचिव पदका लागि सिता गिरी र भद्रकली घर्तिमगरको उम्मेदवारी छ । कोषाध्यक्षका लागि विनु कुमाल र विमला मगरले उम्मेदवारी रहेको छ । सह सचिव पदमा नामकुमारी सापकोटा र कुलप्रसाद सापकोटाको उम्मेदवारी छ ।  

सदस्यहरुमा जनजाती खुल्लातर्फ रामकृष्ण राई, अम्मरबहादुर कुमाल, तुलबहादुर गुरुङ, दिलबहादुर श्रेष्ठ र वर्णबहादुर थापा मगरको उम्मेदवारी छ । त्यस्तै जनजाती महिला सदस्यतर्फ सञ्चरी कुमाल, भवी दरै, लक्ष्मी कुमाल र जोक माया सुनारी मगरले उम्मेदवारी दर्ता गराउनुभएको छ । दलित महिला सदस्यतर्फ मिना नेपाली र दिलमाया नेपालीले उम्मेदवारी दिनुभएको छ । महिला खुल्ला सदस्यमा फुलमाया पोखरेल, सिता देवि गौडेल, देविकला सापकोटा कँडेल, नर्मदा शर्मा पौडेल, तारा भुषाल र जमुना सापकोटा भन्डारीको उम्मेदवारी दर्ता छ । खुल्ला सदस्यमा जीवन सापकोटा, शशिधर सापकोटा, कृष्ण बहादुर परियार, रविलाल कँडेल र विष्णु प्रसाद सापकोटाले उम्मेदवारी छ ।  

लेखा सुपरीवेक्षण समितिको संयोजकमा राम प्रसाद तिवारी र लक्ष्मी चौधरी (थारु) को उम्मेदवारी रहेको छ । लेखा समिति सदस्य महिलातर्फ सपना लम्साल सिग्देल र दिपा देवि सापकोटाको उम्मेदवारी छ । लेखा समिति सदस्य खुल्लातर्फबाट चुडामणी सापकोटा र नरेन्द्र वन सन्न्यासीको उम्मेदवारी दर्ता भएको छ ।