राष्ट्रिय स्वतन्त्र पार्टी गैँडाकोट २ को वडामा डेङ्गी जन–सचेतना 

२०८१ भदौ २९ शनिबार १७:५९:०० मा प्रकाशित

गैँडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी गैँडाकोट २ ले डेङ्गी जन–सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

‘डेङ्गी नियन्त्रण गरौँ, स्वस्थ्य जीवन जिउ’ भन्ने मूल नाराका साथ आज गैंडाकोट २ मा डेङ्गी जन–सचेतना कार्यक्रम गरेको हो । डेङ्गीको संक्रमण बढ्न थालेपछि यसको नियन्त्रणका लागी उक्त कार्यक्रम गरिएको वडा सचिव उत्सव कंडेलले जानकारी दिनुभयो ।

भृकुटीचोकबाट शुरु भएको र्याली शिलान्यासचोक, मिलनचोक, नयाँबजार चोक, डनचोक, कालीगण्डकी चोक, हाट बजार, एसपिएम चोक,  प्रहरी चौकी पछाडीको बाटो, मानसरोबर होटेल, बोटेटोल, शिलान्यास चोकबाट पुनः भृकुटी चोकसम्म हातमा बोरा लिई बाटोघाटो एवं कुनाकाप्चा लगायत पानी जम्ने ठाउँमा सरसफाई गर्दै उक्त कार्यक्रम गरिएको उहाँले बताउनुभयो । 

उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी गैंडाकोट नगर उपसभापती विमल घिमिरे, सचिव अस्मिता घिमिरे, गैंडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटा, इलाका प्रहरीका सुरक्षाकर्मीहरु तथा वडाबासीहरुको उपस्थिति रहेको थियो ।