नारायणी वनका उम्मेदवारको चुनावी प्रचार प्रसार तिव्र
गैँडाकोट । नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ६, ७ र ९ को पाँचौ नेतृत्वका लागि अध्यक्ष पदमा नेत्रराज सापकोटा (केदार) र उमाकुमारी पाण्डेको उम्मेदवारी दर्ता भएसँगै चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।
अध्यक्ष पदका उम्मेदवार नेत्रराज सापकोटाले वनका हरेक गतिविधिहरुलाई चुस्त दुरुस्त राख्दै उपभोक्ताहरुको हकहित, वन संरक्षण र संवद्र्धन गरी आर्थिक, प्रशासनिक रुपमा सक्षम बनाउन नै आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।
अध्यक्ष पदका अर्का उम्मेदवार उमाकुमारी पाण्डेले वनको क्षेत्रमा लामो समयदेखिको कार्य अनुभव रहेको, ऐनमा पनि अध्यक्ष वा सचिवमा एक महिला भनेकोले एक महिला रहनुपर्ने सुअवसरले गर्दा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएको पाण्डेले बताउनुभयो ।
उम्मेदवार नेत्रराज सापकोटाले उपभोक्ताको हकहितलाई नै पहिलो प्राथमिकतामा राख्ने बताउँदै गरीब विपन्न बस्तिहरु, बालबालिकाको पठनपाठनदेखि लिएर शिक्षादिक्षा जस्ता सम्पूर्ण कार्यमा सहयोग गर्ने आफ्नो योजना भएकै कारण उपभोक्ताहरुले मतदान गर्ने बताउनुभयो ।
उम्मेदवार उमाकुमारी पाण्डेले इमानदारीता, काम गर्न सक्ने योग्यता र वन संरक्षणदेखि वनको विकास सम्बन्धि सम्पूर्ण ज्ञान भएकोले उपभोक्ताहरुले मतदान गर्ने र निर्वाचन जित्नेमा ढुक्क रहेको बताउनुभयो ।
निर्वाचन जितेको खण्डमा वन विकास कार्यलाई नै पहिलो प्राथमिकतामा राख्ने, खानेपानीको पहुँच, आवासको व्यवस्था र प्रविधिमैत्री वातावरण सिर्जना गर्ने नेत्रराज सापकोटाले बताउनुभएको छ ।
अर्का उम्मेदवार उमा कुमारी पाण्डेले निर्वाचन जितेको खण्डमा वनमा सिमसार निर्माण, वनलाई हरियाली कायम राखी मनमोहक बनाउने र भू–क्षय क्षेत्रलाई पनि संरक्षण गर्ने योजना रहेको पाण्डेले बताउनुभएको छ ।
नारायणी वनका सबै उम्मेदवार चुनावी प्रचार प्रसारसँगै घरदैलोमा मतदाता उपभोक्ता भेटघाटलाई तिव्रता दिएका छन् ।
अध्यक्ष पदमा रामबहादुर दर्जी (राजेश) ले उम्मेदवारी दर्ता गराएकोमा उहाँले उम्मेदवारी फिर्ता लिनुभएको छ । यस्तै उपाध्यक्ष पदका लागि धनपति सापकोटा, मोतिलाल ढुङ्गाना र छबिलाल सापकोटाको उम्मेदवारी परेको छ ।
सचिव पदका लागि सिता गिरी र भद्रकली घर्तिमगरको उम्मेदवारी छ । कोषाध्यक्षका लागि विनु कुमाल र विमला मगरले उम्मेदवारी रहेको छ । सह सचिव पदमा नामकुमारी सापकोटा, कविर गौतम (माधव) र कुलप्रसाद सापकोटाको उम्मेदवारी परेकोमा कविर गौतम (माधव) ले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
सदस्यहरुमा जनजाती खुल्लातर्फ रामकृष्ण राई, अम्मरबहादुर कुमाल, तुलबहादुर गुरुङ, वीरबहादुर कुमाल, दिलबहादुर श्रेष्ठ र वर्णबहादुर थापा मगरले उम्मेदवारी दिएकोमा वीरबहादुर कुमालले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
त्यस्तै जनजाती महिला सदस्यतर्फ सञ्चरी कुमाल, भवी दरै, लक्ष्मी कुमाल र जोक माया सुनारी मगरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
दलित महिला सदस्यतर्फ जमुना विश्वकर्मा, मिना नेपाली र दिलमाया नेपालीले उम्मेदवारी दिएकोमा जमुना विश्वकर्माले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
महिला खुल्ला सदस्यमा फुलमाया पोखरेल, सिता देवि गौडेल, देविकला सापकोटा कँडेल, नर्मदा शर्मा पौडेल, तारा भुषाल र जमुना सापकोटा भन्डारीको उम्मेदवारी दर्ता छ ।
खुल्ला सदस्यमा जीवन सापकोटा, शशिधर सापकोटा, कृष्ण बहादुर परियार, रविलाल कँडेल र विष्णु प्रसाद सापकोटाले उम्मेदवारी छ ।
सदस्यमा उम्मेदवारी दिएका लक्ष्मी प्रसाद सापकोटा, सन्तोष ओझा, शिवलाल शर्मा (चन्द्रकान्त), भवानी शंकर कडेल, प्रकाश गिरी (सन्तोष), जगन्नाथ सापकोटा र प्रकाश पौडेलको उम्मेदवारी फिर्ता भएको छ ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा राम प्रसाद तिवारी र लक्ष्मी चौधरी (थारु) को उम्मेदवारी रहेको छ । लेखा समिति सदस्य महिलातर्फ सपना लम्साल सिग्देल र दिपा देवि सापकोटाको उम्मेदवारी छ । लेखा समिति सदस्य खुल्लातर्फबाट चुडामणी सापकोटा र नरेन्द्र वन सन्न्यासीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मतदान कार्य भदौ २९ गते बिहान ८ बजेदेखी साँझ ४ बजेसम्मका लागि तय गरिएको छ । नेतृत्व चयनका लागि ११२८ मतदाता कायम गरिएको छ । गैँडाकोट ६ बाट ६३ जना, गैँडाकोट ७ बाट ६९३ जना र गैँडाकोट ९ बाट ३७२ गरी ११ सय २८ जना उपभोक्ता सदस्यहरु निर्वाचन प्रक्रियामा समावेश हुन पाउने निर्वाचन समिति संयोजक नारायण पौडेलले जानकारी दिनुभयो ।