मुटु रोगको समस्या बढ्दै

२०८१ भदौ २५ मंगलबार १६:५२:०० मा प्रकाशित

गैँडाकोट । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । 

मुटु शरीरको एउटा अभिन्न अंग हो । मुुटुमा पनि विभिन्न स्वास्थ्य समस्या देखा पर्दछ । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको छ । मुटुरोग सम्बन्धी बिरामीहरू अस्पताल आउने संख्या बढ्दै गएको मुटु रोग विशेषज्ञ डा. मणि गौतम बताउँछन् । 

आमाको पेटमा हुँदा आमाले सेवन गरेको औषधीको कारण वा आमालाई देखा परेको कुनै रोगका कारण पनि मुटु रोग देखापर्ने डा. गौतम बताउँछन् । छाती दुख्नु, मुटु ढुकढुक हुनु, हिँड्दा वा सामान्य बसाईमा सास फेर्न गाहो हुनु, कुनैकुनैमा हिँड्दा हिँड्दै खुट्टा दुख्ने जस्ता लÔणहरू देखा परेमा मुटु रोग लाग्ने गर्दछ । विशेषगरी छाती र श्वाससँग सम्बन्धित विभिन्न समस्याहरु देखिएमा मुटु रोग लाग्ने डा. मणी गौतम बताउँछन् । 

उमेर बढ्दै गएसँगै पुरुषमा ४५ वा ५५ वर्ष कटिसकेपछि यो रोग देखा पर्ने गर्दछ भने मधुमेह भएको व्यक्ति, उच्च रक्तचाप भएको व्यक्ति, धेरै रक्सी, चुरोट खाने व्यक्तिमा पनि यो रोग देखापर्ने चिकित्सक बताउँछन् । मुटु ढुकढुक गर्ने, सास र्फेन गाहो हुने, छाती फुल्ने जस्ता मुटु सम्बन्धि केही समस्याहरु देखिएमा पहिचानको लागी डाक्टरको सल्लाह लिनुपर्ने उनको भनाई छ । 

मुटु रोग लागीसकेपछि लामो समयसम्म रहिरहने वा जीवनभर रहने हुदाँ पनि औषधीको सेवन गर्न छाड्न नहुने डा. गौतमको भनाई छ । मुटु रोगको बारेमा चिकित्सकसँग राम्रोसँग सोधपुछ गरेर मात्रै सल्लाह अनुसार औषधी खानुपर्ने डा. मणी गौतमको सुझाव छ ।