कालिगण्डकी करीडोर निर्माण भएसँगै बिकट ढोडेनी बन्यो निकट
गैँडाकोट । विगतमा विकट बनेको गैँडाकोट ३ को ढोडेनी अब निकट बनेको छ । कालिगण्डकी करीडोर निर्माण भएसँगै सडक सञ्जाल सहज भएपछि यहाँका नागरिकको दैनिकी पनि फेरिएको छ ।
सडकको दुर्दशाकै कारण समयमै उपचार नपाएर कैयन व्यक्तिले अकालमा ज्यान गुमाउनुपरेको थियो । तर कालिगण्डकी करिडोरको निर्माण पछि ढोडेनीबासीहरुलाई अस्पताल जान सहजमात्रै होइन जीविकोपार्जनमा पनि अत्यन्त सहज भएको छ । गैँडाकोट ३ ढोडेनीमा रहेको कृष्णगण्डकी माविकी शिक्षक श्रीमाया गुरुङ्ग भन्छिन, “करिडोरको विकासका कारण हामी ढोडेनीबासीहरुलाई निकै सहज भएको छ । करिडोरको विकासपूर्व यहाँका बासिन्दाहरुलाई समयमा अस्पताल पु¥याउन नसकेर कयौँ बिरामीले अकालमा ज्यान गुमाउन परेको घटनाहरु हामीकहाँ प्रसस्तै छन् । कालिगण्डकी करीडोरको विकासका कारण ढोडेनीबासीहरुको जीविकोपार्जनमा अत्यन्तै सहज भएको छ । करिडोरको विकासका कारण होटल व्यवसायहरु पनि फस्टाएको छ ।”
कालिगण्डकी करीडोर हुँदै पोखरा, स्याङ्जा, पाल्पा लगायतका क्षेत्रको लामो यात्रा गर्दै जाने यात्रुहरुले समेत यहि बाटो प्रयोग गरेकै कारण यहाँको आय पनि बढेको छ । करिडोर निर्माणपछि ढोडेनि क्षेत्रको आय वृद्धिमा ठुलो टेवा पुगेको गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीको अनुभव छ । उनले भने, “विगत विकट वडाको रुपमा चिनिने ढोडेनी क्षेत्रमा जब कालिगण्डकी करिडोर स्तरउन्नति भएर बाटो पिच भयो । पिच भइसकेपश्चात कालिगण्डकी करिडोर हुँदै लामो यात्रा गर्ने पोखरा, स्याङ्जा, पाल्पा जाने टाढा टाढाका यात्रुहरु पनि यहि बाटो प्रयोग गर्ने गरेका छन । आय वृद्धिमा असाध्यै राम्रो टेवा पुराएको छ ।”
सडक यहाँका जनप्रतिनिधिहरुका लागि समेत टाउको दुखाइको विषय बनेको थियो । कालिगण्डकी करीडोरको निर्माण पछि सर्वसाधारणहरुलाई धेरै सहज भएको समेत जनप्रतिनिधिहरु बताउँछन् । करिडोर निर्माण भएपछि स्वास्थ्य, शिक्षामा समेत सुधार आएको गैँडाकोट ३ का वडा सदस्य सुकमाया विक बताउँछिन । उनले भनिन्, “पहिले कति हिलो थियो । अहिले धेरै सुविधा छ । बिरामी लिएर हिड्नलाई सुविधा छ । स्वास्थ्य र शिक्षामा धेरै सुधार आएको छ, बाटो बनेपछि ।”
कालिगण्डकी करीडोर निर्माण नहँुदा वर्खायामको समयमा यात्रुहरुलाई आवात जावत गर्न निकै कठिन थियो । शिक्षा, स्वास्थ्य, व्यवसाय लगायतका क्षेत्रहरुमा यसले नकरात्मक असर पारेको थियो । करीडोरको निर्माणपछि पर्यटन व्यवसायमा समेत टेवा पुगेको गैँडाकोट ३ का भोज विवश थापा मगर बताउँछन् । उनले भने, “वर्खायामको समयमा पनि यहाँका यात्रुहरुलाई आवात जावात गर्न जुन समस्या थियो त्यसले गर्दा कतिपय शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, व्यापार व्यवसायको क्षेत्रमा लगायतको सबै क्षेत्रमा यसले नकरात्मक प्रभाव परिरहेको थियो र पछिल्लो समयमा आन्तरिक पर्यटक र बाह्य पर्यटक दुवैलाई यसले फाइदा पुगेको छ ।”
कालिगण्डकी करीडोर निर्माण पछि ढोडेनी क्षेत्रमा आन्तरिक पर्यटकहरुको आगमन समेत बढेको स्थानीय बताउँछन् । मेलमिलापकर्ता समेत रहेका स्थानीय कृष्ण बहादुर विक भन्छन्, “कालिगण्डकी करीडोर निर्माणपछि पर्यटक आएका छन् । करिडोर कालोपत्रे भएपछि यहाँ अस्थायी प्रहरी पोष्ट ढोडेनिमा स्थापना भएको छ र यसले धेरै सुधारहरु ल्याएको छ । झैझगडा देखि लिएर चोरि, तस्करी देखि लिएर सबै कुराहरुलाई नियन्त्रण गरेको छ ।”
कालिगण्डकी करिडोर निर्माणपछि विगतमा विकट बनेको गैँडाकोट ३ अब निकट बनेको छ । सडकको सास्ती घटेको छ ।