भरतपुरको हाकिमचोकमा ड्रीम्स कलेज सञ्चालनमा
चितवन - चितवनको भरतपुर १० हाकिम चोक स्थित टि आर कम्प्लेक्समा ड्रीम्स कलेज संचालनमा आएको छ। सुदुर पश्चिमान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज यस वर्षदेखि सञ्चालनमा आएको हो ।
कलेजले यस बर्षदेखि स्नातक तहमा बीएससी सीएसआईटी संकायको कार्यक्रम अध्यापन गराउने कलेजका प्रीन्सिपल ई दिवस मैनालीले बताउनुभएको छ । कलेजले व्यवहारिक,सैद्धान्तिक तथा विश्वव्यापिकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै कक्षा संचालन गर्न लागेको उहाँले बताउनुभयो ।
सो संकायको कार्यक्रमबाट विद्यार्थीहरुलाई पूर्ण रुपमा योग्य,सक्षम र सफल बनाउने विश्वास कलेजले लिएको कलेजका प्रिन्सिपल मैनालिले बताउनुभयो ।
उहाँका अनुसार कलेजमा विद्यार्थी अनुकुल वातावरणमा अध्यापन गराइने छ । कलेजले सो संकायमा ४२ जना विद्यार्थी भर्ना गर्न पाउनेगरी सम्बन्धन प्राप्त गरेको छ ।
कलेजको प्रवेश परीक्षा यहि भाद्र ३० गते संचालन हुने छ भने सो संकायमा अध्ययन गर्ने विद्यार्थीले भाद्र २८ गते सम्म आवेदन दिईसक्नुपर्नेछ । कक्षा १२ मा विज्ञान बिषय लिएर कम्तिमा ५० प्रतिशत अंक सहित उतिर्ण भएका विद्यार्थीले मात्रै सो कार्यक्रममा भाग लिन पाउने प्रीन्सिपल मैनालिले बताउनुभयो।
चितवन र नवलपुरका विद्यार्थीलाई लक्षित गर्दै संचालन गरिएको यस कलेजले सुविधायुक्त यातायातको समेत व्यवस्था गरेको छ। यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पहिलो बर्ष १ करोड बराबरको छात्रबृत्ति प्रदान गर्ने कलेजले बताएको छ।
सो कलेज स्थापना सँगै आईटी अध्ययनको लागी उत्कृष्ट कलेज खोज्दै काठमाण्डौं जानुपर्ने बाध्यता अन्त्य भएको विश्वास कलेजको रहेको छ । कलेजमा दुई दशक लामो अनुभवी तथा ख्याती प्राप्त प्राध्यापक द्वारा शिक्षण हुने प्रिन्सिपल मैनालिले बताउनुभयो ।
बीएससीसीएसआईटी कार्यक्रमले कम्प्युटर प्रोग्रामिङ, वेब डिजाइन, डेटा संरचना, अल्गोरिदम, सफ्टवेयर इञ्जिनियरिङ, नेटवर्किङ, डाटाबेस म्यानेजमेन्ट, आर्टिफिसियल ईन्टिलिजेन्स , साइबर सेक्युरिटी, र क्लाउड कम्प्युटिङ जस्ता क्षेत्रहरूमा केन्द्रित शिक्षा प्रदान गर्दछ। कुल चार वर्षको अवधिमा ८ सेमेस्टरमा बाँडिएको यो कार्यक्रमले सैद्धान्तिक तथा प्रयोगात्मक दुवै ज्ञान प्रदान गर्दछ।