नारायणी वनको अध्यक्षमा तीनजनाको उम्मेदवारी, १८ पदमा ५० जना उम्मेदवार  

२०८१ भदौ २२ शनिबार १८:२०:०० मा प्रकाशित

गैंडाकोट । श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ६, ७ र ९ को पाँचौ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । १८ पदमा ५० जनाले आकांक्षा व्यक्त गर्दै उम्मेदवारी दिएका छन् । 

अध्यक्ष पदका लागि नेत्रराज सापकोटा (केदार), उमाकुमारी पाण्डे र रामबहादुर दर्जी (राजेश) ले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै उपाध्यक्ष पदका लागि धनपति सापकोटा, मोतिलाल ढुङ्गाना र छबिलाल सापकोटाको उम्मेदवारी परेको छ ।

सचिव पदका लागि सिता गिरी र भद्रकली घर्तिमगरको उम्मेदवारी छ । कोषाध्यक्षका लागि विनु कुमाल र विमला मगरले उम्मेदवारी दिनुभएको छ । सह सचिव पदमा नामकुमारी सापकोटा, कविर गौतम (माधव) र कुलप्रसाद सापकोटाको उम्मेदवारी परेको छ । 

सदस्यहरुमा जनजाती खुल्लातर्फ रामकृष्ण राई, अम्मरबहादुर कुमाल, तुलबहादुर गुरुङ, वीरबहादुर कुमाल, दिलबहादुर श्रेष्ठ र वर्णबहादुर थापा मगरले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै जनजाती महिला सदस्यतर्फ जोक माया सुनारी मगर, सञ्चरी कुमाल, भवी दरै र लक्ष्मी कुमालले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

दलित महिला सदस्यतर्फ जमुना विश्वकर्मा, मिना नेपाली र दिलमाया नेपालीले उम्मेदवारी दिनुभयो । 

महिला खुल्ला सदस्यमा फुलमाया पोखरेल, सिता देवि गौडेल, देविकला सापकोटा कँडेल, नर्मदा शर्मा पौडेल, तारा भुषाल र जमुना सापकोटा भन्डारीको उम्मेदवारी दर्ता छ । 

खुल्ला सदस्यमा जीवन सापकोटा, लक्ष्मी प्रसाद सापकोटा, शशिधर सापकोटा, सन्तोष ओझा, शिवलाल शर्मा (चन्द्रकान्त), कृष्ण बहादुर परियार, रविलाल कँडेल, प्रकाश पौडेल, भवानी शंकर कडेल, प्रकाश गिरी (सन्तोष), जगन्नाथ सापकोटा र विष्णु प्रसाद सापकोटाले उम्मेदवारी दिएका छन् । 

लेखा सुपरीवेक्षण समितिको संयोजकमा राम प्रसाद तिवारी र लक्ष्मी चौधरी (थारु) को उम्मेदवारी रहेको छ । लेखा समिति सदस्य महिलातर्फ सपना लम्साल सिग्देल र दिपा देवि सापकोटाको उम्मेदवारी छ । लेखा समिति सदस्य पुरुषतर्फबाट चुडामणी सापकोटा र नरेन्द्र वन सन्न्यासीले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

नेतृत्व चयन कार्यक्रमका लागि मतदान हुने अवस्था आएमा ११२८ मतदाता कायम गरिएको छ । गैँडाकोट ६ बाट ६३ जना, गैँडाकोट ७ बाट ६९३ जना र गैँडाकोट ९ बाट ३७२ गरी ११ सय २८ जना उपभोक्ता सदस्यहरु निर्वाचन प्रक्रियामा समावेश हुन पाउने निर्वाचन समिति संयोजक नारायण पौडेलले जानकारी दिनुभयो । 

मतदान कार्य भदौ २९ गते बिहान ८ बजेदेखी साँझ ४ बजेसम्म रहेको छ । ३१ गते शपथ ग्रहण र प्रमाणपत्र वितरण गर्ने गरी तालिका बनाइएको निर्वाचन समिति संयोजक पौडेलले जानकारी दिनुभयो ।