नारायणीमा डुवेर गैँडाकोटमा तीन बर्षीय बालकको मृत्यु

२०८१ भदौ २२ शनिबार ०६:१९:०० मा प्रकाशित


गैँडाकोट । नारायणी नदीमा डुबेर नवलपुरको गैँडाकोटमा एक बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ९ थुम्सी बस्ने अस्मिता मानन्धरका ३ बर्षीय छोरा सुमन मानन्धरको नदीमा डुबेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।  नदी किनारमा रहेको तटबन्धनको छेउबाट बगेको पानीमा डुवेर बालकको ज्यान गएको हो ।

शुक्रबार दिउसो साढे २ बजे नदीमा डुबेका बालकलाई उद्धारपछि थप उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको प्रहरीले जनाएको छ ।