मुना सहकारीमा सदस्य शिक्षा तथा वित्तीय साक्षरता सम्बन्धी छलफल 

२०८१ भदौ ८ शनिबार १९:२०:०० मा प्रकाशित

गैँडाकोट । मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोट ४ को सदस्य शिक्षा तथा वित्तीय साक्षरता सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

गैँडाकोट ८ स्थित विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा राजुले प्रशिक्षण दिनुभएको थियो । उहाँले सदस्य सहकारीबारे राम्रोसँग ज्ञान दिने हो भने सहकारी सञ्चालनमा कुनै कठिनाई नहुने बताउनुभयो । सञ्चालक तथा कर्मचारी पनि यस्ता विषयमा पूर्णतया ज्ञान हुनुपर्ने र मिहिनेत जरुरी रहेको बताउनुभयो । 

मुना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिलनराज घिमिरेको अध्यक्षतामा भएको थियो । उहाँले सहकारीका सदस्य, कर्मचारी तथा सञ्चालकहरुका लागि आगामी दिनमा समेत विविध कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ । 

सहकारीका शिक्षा समिति संयोजक हरिप्रसाद गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत चुडामणी पाण्डेले गर्नुभएको थियो ।

कार्यक्रममा सहकारीका सञ्चालक विभिन्न उप समिति, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।