गण्डकी सहकारीको नीति तथा योजना र बजेट तय, भाद्र २९ गते साधारण सभा गर्ने 

२०८१ भदौ ५ बुधबार ११:२५:०० मा प्रकाशित

गैँडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगती समिक्षा, आर्थिक वर्ष २०८१/०८२ को नीति तथा योजना र बजेट तर्जुमा गरेको छ । 

सहकारीले आगामी वर्ष २०८१/०८२ मा कुल सम्पत्ति २ अर्ब २० करोड पुर्याउने लक्ष्य लिएको छ । संस्थामा २ अर्बको कुल सम्पती, १६ हजार ५०० भन्दा बढी सदस्य रहेका छन् । गैंडाकोट नगरपालिका कार्यक्षेत्र निर्धारण गरी ७ वटा कार्यालयहरुबाट सेवा प्रदान गरेको संस्थाको वार्षिक साधारण सभा २०८१ भाद्र २९ गते शनिबारका लागि तय भएको छ ।

संस्थाका अध्यक्ष पोषणराज सुवेदीले समग्र सहकारी अभियानको लागि यो वर्ष कठिन वर्षको रुपमा रहेता पनि संचालक, व्यवस्थापन समूह र सदस्यहरुको सक्रिय साथ सहयोगबाट गण्डकी साकोसले महत्त्वपूर्ण उपलब्धी हासिल गरेको बताउनुभयो । उहाँले संस्थागत पूँजि १० प्रतिशतको हाराहारी कायम गर्न सकिएकोमा प्रशन्नता व्यक्त गर्दै सम्र्पुणमा धन्यवाद ज्ञापन गर्नुभयो । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदीले समिक्षात्मक प्रस्तुती सहित आर्थिक वर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रमहरुको मस्यौदा पेश गर्नुभएको थियो । उहाँले गत आर्थिक वर्ष २०८०÷८१ मा संस्थाको समग्र वित्तीय तथा गैर वित्तीय अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । संस्थाका वित्त प्रमुख विपिन श्रेष्ठले बजेटको मस्यौदा पेश गर्दै कुल सम्पत्ति २ अर्ब २० करोड पुर्याउने लक्ष्य रहेको बताउनुभयो । 

संस्थाका सचिव कुलप्रसाद पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष केदारनाथ न्यौपानेले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउदै उपस्थित सबैमा स्वागत मन्तव्य राख्नुभएको थियो ।

मस्यौदाहरुमा छलफलपछि सहभागिहरुबाट प्राप्त सुझावलाई समेत समावेश गरि नीति तथा कार्यक्रम र बजेटको अन्तिम मस्यौदा पेश गर्ने बताइएको छ । 

सबै सेवा केन्द्रहरुको गत आर्थिक वर्षको वार्षिक लक्ष्य तथा प्रगती र आगामी लक्ष्य एवं सेवा केन्द्रका सबल पक्ष, सुधार गर्नु पर्ने पक्ष, अवसर तथा चुनौतीहरु लगायतका विषयमा सेवा केन्द्र प्रमुखहरुले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, ऋण उप समिति, शिक्षा उप समिति, सम्पूर्ण सेवा केन्द्र व्यवस्थापन उपसमिति, विभागिय प्रमुख, सेवा केन्द्र प्रमुख लगायतको उपस्थिती रहेको थियो ।