गत आर्थिक वर्षमा विकूले ९१ प्रतिशत उपलब्धि हासिल गर्न सफल
नवलपरासी बर्दघाट सुस्ता पूर्व । विकू बचत तथा ऋण सहकारी संस्था लि. को गत आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । गत आर्थिक वर्षमा भएका कामहरुको समिक्षा गरि संस्थाको कारोबार लगायत अन्य गतिविधिलाई थप प्रभावकारी गराउने उद्देश्यका साथ बैठकको आयोजना गरिएको हो ।
संस्थाले गत आर्थिक वर्षमा लिएको लक्ष्यमा करिब ९१ प्रतिशत को उपलब्धि हासिल गर्न सफल भएको छ । बैठकमा संस्थाको बर्तमान अवस्था, योजना र समसान्दर्भिक विषयको वारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले सहजीकरण गर्नु भएको थियो ।
संस्थालाई वित्तीय रुपमा अझ शसक्त बनाउनको लागि विभागीय तथा सेवा केन्द्रका प्रमुखहरुले आफ्नो योजना सहित धारणा राखेका थिए । यसै बिच गत आर्थिक वर्षको लागि सेवाकेन्द्र लाई दिईएको वित्तीय लक्ष्य मध्ये सर्वोउत्कृष्ट उपलव्धी हासिल गरि कावासोती सेवा केन्द्र उत्कृष्ट सेवाकेन्द्र हुन सफल भएको छ ।
बैठकको उद्घाटन संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाले गर्नु भएको थियो । सचिव गोविन्द कंडेल र सह–सचिव लक्ष्मण शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो । हाल संस्थाले करीब ११ अरब बराबरको पूँजी संकलन तथा परिचालन गरी २४ वटा सेवा केन्द्र मार्फत करिब १ लाख ३० हजार सदस्यलाई सेवा पु¥याएको छ ।